ओलम्पिक खेलको तयारीका लागि दुई कोरियाको बैठक
पुलेसो ५ माघ, २०७७, सोमबार १६:००
आगामी महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि उत्तर र दक्षिण कोरियाको बैठक दक्षिण कोरियामा सोमबार सुरु भएको छ ।
उक्त बैठकमा दुवै देशका तर्फबाट चार÷चार जनाको सहभागिता रहने बताइएको छ । सो बैठकले उक्त ओलम्पिक खेलकूदको तयारीका बारेमा छलफल गर्ने जनाइएको छ ।
उक्त कार्य समूहको बैठकमा दुवै देशका उच्च अधिकारीहरुको सहभागिता रहेको छ । सो बैठक दक्षिण कोरियाको पानमुनजोम नगरमा सुरु भएको समाचारमा जनाइएको छ ।
यसअघि यही जनवरी ९ मा दुवै कोरियाको बैठक दक्षिण कोरियामा बसेको थियो । उक्त बैठकमा उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको थियो ।
उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएकोले सोही विषयमा थप छलफल गर्न तथा उक्त खेलकूदको तयारीका लागि सो बैठक बसेको बताइएको छ ।
सो खेलकूदमा उत्तर कोरियाले पठाउने भनिएको उक्त टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने उत्तर कोरियाको वार्ता टोलीका एकजना सदस्यले सोलमा जानकारी दिएका छन् ।