गृहपृष्ठ ∕ समाचार ∕ अध्यक्ष ओलीको स्वास्थ्य सोचेभन्दा राम्रो : डाक्टर अध्यक्ष ओलीको स्वास्थ्य सोचेभन्दा राम्रो : डाक्टर पुलेसो ५ माघ, २०७७, सोमबार १५:३२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको डाक्टरले बताएका छन् ।नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैंककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराउनुभयो ।“अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिपोर्ट राम्रो देखिएको छ” दाहालले भन्नुभयो, “उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।”अध्यक्ष ओलीले बैंककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहनु भएको छ । चिकित्सकको सल्लाहअनुसार उहाँ स्वास्थ्य परीक्षण गराउन बैंकक जानुभएको हो ।उहाँ यही पुस २६ गते श्रीमती राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक जानुभएको हो । अध्यक्ष ओली बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराउनुभयो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका