Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदलित बस्तीमा आगलागी, ५ घर जल्दा १७ लाख मूल्य बराबरको क्षति

दलित बस्तीमा आगलागी, ५ घर जल्दा १७ लाख मूल्य बराबरको क्षति


रौतामाई गाउँपालिका-१ नामेटारस्थित दलितबस्तीमा सोमबार बिहान आगलागी भएको छ। आगलागीबाट दलित परिवारका ५ घर जलेर नष्ट भएका छन्।

प्रहरी पोस्ट भुट्टारका इन्चार्ज प्रहरी नायब निरीक्षक भीम श्रेष्ठका अनुसार रणबहादुर विक, कर्णबहादुर विक, मेघबहादुर विक, पर्शुराम विक र चक्रबहादुर विकको घरमा आगलागी भएको हो। माटो र काठले बनेका फुसका घर पूर्ण रुपमा नष्ट भएका छन्। घरभित्रका अन्नपात, लत्ताकपडा, खाद्यान्न, भाडावर्तन जलेपछि विक परिवार विचल्लीमा परेका छन्।

सो घटनमा १७ लाख मूल्य बराबरको क्षति भएको प्रनाउ श्रेष्ठले बताए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले पीडितहरुका लागि राहतको पहल भइरहेको जानकारी गराए छन ।




तपाईको प्रतिक्रिया दिनुहोस