Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमाइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते

माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते


आज बिहान बा३ख ९५२१ नम्बरको माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर्षीय ज्ञानबहादुर गिरीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

घाइतेमध्ये चारजना गम्भीर रहेको र उनीहरुलाई बाँके अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । अन्य ६ जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस