Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबलिउडका ६ हिरोइन, जसले रिलेशनपछि डिभोर्सवालासँग विवाह गरे

बलिउडका ६ हिरोइन, जसले रिलेशनपछि डिभोर्सवालासँग विवाह गरे


बलिउड एक यस्तो इन्डस्ट्री हो, जहाँ ग्ल्यामर र स्टारडम देखिन्छ । फिल्मी दुनियाका स्टारको रियल लाइफ पनि फिल्म जस्तै देखिन्छ ।

यहाँ कहिले कस्को सम्बन्ध जोडिन्छ या तोडिन्छ कसैलाई थाह हुँदैन । बलिउडमा अफेयर, विवाह र डिभोर्सको खबर आइरहन्छन् । बलिउडमा केही यस्ता हिरोइन छन्, जसले डेटिङ अरुसँगै गएका छन् र जिवनसाथी अरुलाई नै रोजेका छन् । मु

ख्य कुरा उनीहरुले डिभोर्स गरेकालाई जिवनसाथी बनाएका छन् । ती मध्ये केही स्टारडमभन्दा टाढा थिए । तीनीहरुको बारेमा हिरोइनको विवाह पछि मात्रै मानिसहरुले थाह पाए ।

करिना कपूर

एक समय थियो, जब शाहिद कपूर र करिना कपूरको जोडि इन्ड्रस्ट्रीको हट कपलमा गनिन्थ्यो । शाहिदसँग डेट गरेपछि करिनाले सैफ अली खानसँग विवाह गरिन् । करिना भन्दा पहिला सैफले अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । उनीहरु २००४ मा अलग भएका थिए ।

रानी मुखर्जी

कुनैबेला अभिषेक बच्चन र रानीको अफेयरको चर्चा चलेको थियो । उनीहरुको सम्बन्ध विवाहको नजिकै पुगेको थियो । तर सफल हुन सकेन । त्यसपछि रानीले आदित्य चोपडासँग डेट गरिन् र २०१४ मा विवाह गरिन । आदित्य डिभोर्स गरेका व्यक्ति हुन् । रानी भन्दा पहिला उनले पायल खन्नासँग विवाह गरेका थिए ।

श्रीदेवी

श्रीदेवी आफ्नो समयकी टप हिरोइन हुन् । कुनै बेला उनको नाम अभिनेता मिथुन चक्रवर्तीसँग जोडिएको थियो । फिल्म ‘जुदाई’ को सुटिङको समयमा श्रीदेवी र बोनी कपूरको एक अर्काको प्रेममा परेका थिए । दुवैले १९९६ मा विवाह गरे । बोनी त्यो भन्दा पहिले नै डिभोर्स गरेका व्यक्ति हुन् । उनको पहली पत्नीको नाम शौरी कपूर हो ।

शिल्पा शेट्टी

शिल्पाले २ बर्ष डेट गरेपछि राज कुन्द्रासँग विवाह गरिन् । शिल्पासँग विवाह गर्नका लागि राजले आफ्नी पत्नी कवितासँग डिभोर्स गरेका थिए । राज भन्दा पहिला शिल्पाको नाम अक्षयकुमारसँग जोडिएको थियो ।

रविना टन्डन 

एक समय थियो जब, अक्षयकुमार र रविनाको अफेयरको कुरा चर्चामा थियो । तर रविनाले २००२ मा अनिल थडानीसँग विवाह गरिन् । अनिल पनि डिभोर्स गरेका व्यक्ति हुन् । एजेन्सी




तपाईको प्रतिक्रिया दिनुहोस