Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमाग्ने बुढा एयरपोर्ट जादै तीन हजारको कफी पिएर बेलुका झोला बोकेर घर फर्कन्छन्

माग्ने बुढा एयरपोर्ट जादै तीन हजारको कफी पिएर बेलुका झोला बोकेर घर फर्कन्छन्


हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ धनगढी महोत्सवका लागि प्रस्तुति दिन जान गाह्रो भएको छ ।

केही दिनयता तराईमा चिसो र हुस्सु बढेका कारण विमान उडान हुन सकेको छैन । धनगढी महोत्सवका उनी आइतवार बिहान साढे ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगे । उनको उडान समय थियो ११:३० बजे तर उडान हुन सकेन ।

धनगढी महोत्सवमामा हास्य कलाकार माग्नेबुढो आउने भन्दै प्रचार-प्रसार भइरहेको थियो । यता काठमाडौंमा माग्ने बुढा आइतबार दिनभरि पाइलटहरुसँग तस्वीर खिचाएर दिन बिताइरहेका थिए ।

माग्नेबुढाले बेलुका सम्म कफी पिउदै उडान हुन्छ होला भनि कुरे तर बेलुकासम्म पनि उडान हुन सकेन । आयोजक संस्थाका अधिकारीहरुले जति मिलाउने प्रयस गर्दा पनि सकेन ।

आइतबार एअरपोर्टमा बस्दाबस्दै साँझ पर्‍यो । माग्नेबूढाले धनगढी जाने कुनै फ्लाइट भेटेनन् । उनी झोला बोकेर घर फर्किए । दिनभरि उनले कफीसपमा कफी र चाउमिन खाएको बील मात्रै तीन हजार रुपैयाँ तिरेछन् ।

सोमवार बिहानै उनी फेरि एअरपोर्ट पुगेका छन् । तर, ‘आज पनि एअरलाइन्सका स्क्रिनमा त्यही सूचना जारी छ’ खराब मौसमका कारण उडान हुन सकेन ।

उनी भन्छन्, ‘हेरौं आज पनि बेलुका झोला बोकेर घरै जानुपर्ने हो कि धनगढी पुगिने हो ’ पुस महिनामा मात्रै २० घण्टा जति एअरपोर्ट रुँगेर बिताएको उनी बताउँछन् । ‘गएको महिना चारपटकको उडानमा एकपटकमा कम्तिमा पाँच घण्टा एअरपोर्ट रुँगेर बिताएको छु ।




तपाईको प्रतिक्रिया दिनुहोस