Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारफिल्म ‘१९२१’हेर्दा डरभन्दा हाँसो बढी

फिल्म ‘१९२१’हेर्दा डरभन्दा हाँसो बढी


फिल्म निर्देशक विक्रम भट्टले दर्शकहरुलाई ‘राज’ र ‘१९२०’ जस्ता राम्रा र डर लाग्दा फिल्महरु दिएका छन् । जसका कारण निर्देशक विक्रम भट्टसँग दर्शकहरुक अपेक्षा पनि बढेका छन् । विक्रम भट्टले भर्खरै नयाँ फिल्म ‘१९२१’ दर्शकसामु ल्याएका छन् । निर्देशक भट्टको फिल्म ‘१९२१’ कस्तो छ ?

 

कथा – यो फिल्मको कथा सन् १९२१ को हो । जहाँ लण्डनको एक सुविधा सम्पन्न घरमा आयुष (करण कुन्द्रा) बस्दछन् । त्यहाँ उनी एक व्यक्तिको रेखदेख गर्दछन् । आयुष बस्दै आएको घरमा मृत्यु भइसकेको व्यक्तिको आत्मा भड्किरहेको हुन्छ । घर नजिकैको एक कलेजमा रोज नाम गरेकी युवती अध्ययन गरिहरेकी हुन्छिन् ।

 

आयुष अर्थात करण कुन्द्रले रोज (जरीन खान) सँग आत्मा भगाउने क्षमता रहेको जानकारी पाउाछन् । रोजका बारेमा जानकारी पाए पछि आयुषले उनलाई घरमा आमन्त्रण गर्दछन् । रोज करणको घरपर आएर आत्मा भगाउने काम गर्न सुरू गर्छिन् । यसबीचमा आयुष र रोज एक अर्कालाई प्रेम गर्छन । त्यस पछि यो घरमा के हुन्छ रु यसका लागि फिल्म हेर्न हल पुग्नै पर्ने हुन्छ ।

 

अभिनय – फिल्ममा करण कुन्द्राको अभिनय उत्कृष्ठ छ । तर जरीन खानले अझै मेहनत गर्नु पर्ने देखिएको छ ।

 

निर्देशन र छायांकन – फिल्मको निर्देशन दर्शकलाई डराउने र उनीहरुको मनमा त्रास उत्पन्न गर्ने हैसियतको छैन् । फिल्म हेर्दा डरभन्दा बढी हासो उठ्दछ । फिल्मको ब्यककग्राउण्ड म्यूजिक भद्दा छ ।

 

संगीत – फिल्ममा हरेक ३ सीन पछि गीत छन् । जुन गीतहरु दमदार छैनन् ।

कमजोर पक्ष –

फिल्म पूर्णतया कमजोर छ ।फिल्मको कथा अझै राम्रो हुन सक्थ्यो ।फिल्मको लम्बाईपनि धेरै छ । जसलाई निर्देशकले कम गर्न सक्थे ।




तपाईको प्रतिक्रिया दिनुहोस