Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमृत्युको कारण पत्ता पाउन भर्बल अटोप्सी गर्दै

मृत्युको कारण पत्ता पाउन भर्बल अटोप्सी गर्दै


जाजरकोटको जुनिचाँदे गाउँपालिकाका शिशु र वृद्धवृद्धा के कारणले मृत्यु भएको यकिन गर्न भर्बल अटोप्सी गर्न थालिएको छ । ज्यान गुमाएको डेढ महिनापछि सो गर्न थालिएको हो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्य भन्छन्, ‘मृत्यु भएकाहरूलाई जलाइसकेकाले के रोगले मरे भन्ने पुष्टिसहित मृत्युको सम्भावित कारण पत्ता पाउन भर्बल अटोप्सी (मौखिक रूपमा नातेदारसँग सोधपुछ) गर्छौं । लक्षणसहित सबै तथ्य लिएपछि के कारणले मरेको हो पत्ता लगाउन सकिएला भन्ने आशा छ ।’ सातदिने शिशुदेखि वृद्धले ज्यान गुमाएको डेढ महिनापछि थाहा पाएको सरकारले मरेका व्यक्ति कुन रोगले मरे भन्ने पत्ता लगाउन ‘भर्बल अटोप्सी’ (आफन्त र नातेदारसँग सोधपुछ गरेर पत्ता लगाउने तरिका) अपनाएको हो ।

जन्मिएको १० दिनमै जुनिचाँदे गाउँपालिका(२ का मनोज तिरुवाल र रमेश शाहीले ज्यान गुमाए । २५ दिनका धीरेन्द्र शाहीको पनि अल्पायुमै ज्यान गयो । सोही वडाका अढाई महिनाका रेवना नाथको पनि मृत्यु भयो । पुस १२ गतेदेखि प्रकोप फैलिएको हो ।

न्वारान नै नगरी सात दिनमै छोरालाई गुमाए खड्गबहादुर शाहीले । उनका छोराको हाइपोथर्मिया (जाडोले हुने कम्पन) बाट निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जुनिचाँदे गाउँपालिका(३ का एकमहिने खड्ग परियार बिते । त्यस्तै, ७० वर्षकी आइती तिरुवाले पनि ज्यान गुमाइन् । ७९ वर्षीय शत्रुप शाहीले पनि ज्यान गुमाए । ५४ वर्षीय कर्सिङ टमटाको ज्यान गयो । पुस १९ गते बितेकी ५५ वर्षीया धनसरा नाथमा मात्र रुघाखोकीको लक्षण देखियो । ‘एक जनामा मात्र रुघाखोकीको लक्षण देखिएकाले भाइरल इन्फ्लुएन्जा हो कि भन्ने आशंका छ’, विभागका निर्देशक डा. आचार्य भन्छन्, ‘कोही निमोनिया त कोहीमा मुटु र स्नायु प्रणालीमा समस्या भएको पाइएको छ । वृद्धवृद्धामा दम र मुटुको समस्या देखिएको छ ।’

पुस ८ पछि नवजात शिशु मृत्यु हुने क्रम बढ्न थालेको हो । हालसम्म जुनिचाँदेका वडा नं १, २, ३ र ११ मा फैलिएको भाइरल ज्वरोबाट पाँच वर्षमुनिका सात जना र ५० वर्ष माथिका ६ जना गरी १३ जनाको मृत्यु भएको छ भने झन्डै २ हजार बिरामी परेका छन् । तीमध्ये पाँच जनाको रगत परीक्षण गर्दा १ जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको थियो ।

राज्यले नागरिकप्रतिको दायित्व निर्वाह गर्न सकेको छैन । संवैधानिक दायित्व पूरा गर्नबाट राज्य अक्षम भयो ।
-डा.शरद वन्त, चिकित्सा शास्त्र अध्ययन संस्थान, समुदाय चिकित्सा तथा जनस्वास्थ्य विभाग रोग प्रभावित क्षेत्रमा शनिबार गएको सरकारी टोलीले दुई बाकस औषधि उपलब्ध गराएको छ । रेडक्रससँग समन्वय गरी दुई सय थान कम्बल वितरण गरिएको डा। आचार्यले जानकारी दिए ।उनले भने, ‘जाजरकोटको ज्वरो पनि भाइरल । न्युज पनि भाइरल भयो । अखबारबाट थाहा पाएपछि थप क्षति हुन नदिन चिकित्सक र औषधिको पर्याप्त व्यवस्था गरेका छौं ।’

भाइरल प्रकोप विश्लेषण स् ज्वरोभन्दा खतरनाक, ‘परिवेश, प्रवृत्ति र प्रणाली’

 (भाइरल इन्फ्लुएन्जा) का जीवाणु शरीरभित्र प्रवेश गरे पनि चिकित्सा शास्त्र अध्ययन संस्थान, समुदाय चिकित्सा तथा जनस्वास्थ्य विभागका डा।शरद वन्त थला परेनन् । न त स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य नै ग्रस्त भए । तर, उही किसिमको भाइरल ज्वरोलगायत अन्यसँग थलिएर जाजरकोटको दुर्गम जुनिचाँदे गाउँपालिकाका नवजात शिशुसहित १३ जना बालबालिका र वृद्धले अकालमा ज्यान गुमाए ।

सामान्य इन्फ्लुएन्जाले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुले स्वास्थ्यकर्मीलाई लज्जाबोध गराउने डा।वन्त स्विकार्छन् । भाइरल इन्फ्लुएन्जाबाट आफू पनि दुई सातादेखि भाइरल ज्वरोबाट पीडित डा।वन्त भन्छन्, ‘जाजरकोटवासीलाई भाइरल इन्फ्लुएन्जाले होइन परिवेशले मारेको हो । इन्फ्लुएन्जाले धेरै सहरिया ग्रस्त भए पनि किन ज्यान लिएको छैन त ? जीवाणुले शरीरमा प्रवेश गर्नेबित्तिकै माथ्र्यो भने त सबैको ज्यान लिनुपर्ने हो । स्वास्थ्योपचारमा विभेद भनेकै यही हो ।’ सरसफाइको अभाव, चेतनाको कमी, स्वच्छ पानी र पौष्टिक आहारको अभाव औँल्याउदै स्थानीय परिवेशलाई दोष दिने गरे पनि स्वास्थ्य संस्था पुग्न नपाउँदै एक दर्जन जाजरकोटवासीको ज्यान गएको छ ।

नेपालको संविधानमा धारा ३५ मा प्रत्येक नागरिकलाई आफ्नो स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सहज हुने नीति सरकारले लिएको भए पनि कार्यान्वयनको अवस्था दयनीय छ ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा केदार बराल भन्छन्, ‘मौसमी रोग हो । त्यसका लागि सरकारले पूर्वतयारी गर्ने, जनतालाई सजग गराउने र चेतना फैलाउने काम समयमै गर्नुपथ्र्यो ।’

भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य खालको मौसमी रुघाखोकीबाट ज्यान गुमाउने अवस्था देखा पर्नुलाई राज्य प्रणालीको अक्षमता भएको दाबी जनस्वास्थ्य विज्ञहरूको छ ।डा।वन्त भन्छन्, ‘हिजोसम्म राज्यको नैतिक दायित्व थियो । तर, अहिले कानुनी दायित्व पनि गाँसिएको छ । वास्तविकताचाहिँ राज्यले नागरिकप्रतिको दायित्व निर्वाह गर्न सकेको छैन । संवैधानिक दायित्व पूरा गर्नबाट राज्य अक्षम भएको छ ।’

विकटता, चेतना अभाव र स्वास्थ्य संस्थामा पहुँच नहुँदा दर्जन बढी नागरिकले ज्यान गुमाउँदा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने मौलिक हक हनन भएको प्रस्ट हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने कुरा मौलिक हकमा उल्लेख गरिए पनि जाजरकोटवासीलाई त्यो हक कागजमै सीमित भएको छ ।

प्रभावित भएको डेढ महिनापछि स्वास्थ्यसचिव पुष्पा चौधरी, महाशाखाका निर्देशक आचार्यलगायत स्वास्थ्यकर्मीको टोली हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा औषधि लिएर शनिबार पुगेको थियो ।

प्रभावित क्षेत्रको अवस्था हेरेर फर्किएका स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्य कुपोषण र सरसफाइको समस्या देखिएको बताउँछन् ।

उनी भन्छन्, ‘गरिबीका कारण पर्याप्त खान पाएका छैनन् । पोषणयुक्त खानेकुरा नपाउँदा बालबालिका र वृृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमतामा कमी देखिएको छ । त्यही भएर नै रोगले सताउने गरेको पाइयो ।’

भाइरल इन्फ्लुएन्जा देखिएको यो पहिलो पटक होइन । तर, सरोकारवाला निकायको हेलचेक्र्याइँ दोहोरिँदा जाजरकोटवासीले ज्यान गुमाउनुपरेको छ ।

मंसिर पहिलो सातादेखि बढ्दो चिसोसँगै मृत्यु हुनेको संख्या उकालो लाग्यो । पुस दोस्रो सातासम्म बिरामी अनपेक्षित रूपमा वृद्धि हँुदै गए तर सरकार झन् चिसो भइदियो । फलस्वरूप १३ जनाले ज्यान गुमाए ।

जाजरकोट जुनिचाँदे गाउँपालिकाको चारवटा वडामा भाइरल फैलिएको छ ।गाउँमा महामारीको रूप लिइसक्दा पनि नमुना रक्त परीक्षण गर्न माढीलाई आग्रह गरियो । दुई महिना हुन लाग्दा मात्र रक्त परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो ।

प्रयोगशालाले सिजनल फ्लु अर्थात् भाइरल इन्फ्लुएन्जाटाइप एएचथ्रिएन टु भएको पुष्टि गरेपछि मात्र सरकारले सक्रियता देखायो । हालसम्म सामान्य खालका रुघाखोकी र ज्वरोका झन्डै दुई हजार बिरामी छन् ।

जनचेतना नभएको देखाएर सरकारी अधिकारी पन्छने गरेका छन् । डा.वन्त भन्छन्, ‘चेतना भएकै कारण क्षति थोरै भएको पो हो कि रु चेतना नभएकाले महामारी भएको पनि हुन सक्छ । चेतना हुँदाहुँदै पनि महामारी फैलिएको पनि हुन सक्छ । चेतना थिएन भने पनि जनतालाई दोष दिन मिल्दैन ।’

परिवेशका रूपमा आउने भौगोलिक विकटतासँगै बसोबास, खानपान, स्वास्थ्योपचारमा पहुँचलगायत पक्ष जोडिन्छन् । ‘अन्तिम नियतिका रूपमा मृत्युलाई नै भोगिसकेपछि ती सबै परिवेश जुटेको थियो भन्न सकिन्छ,’ डा। वन्तले भने ।

प्रकोपको रूप लिइसकेपछि मात्र जनशक्ति र औषधि परिचालन गर्ने सरकारी प्रवृत्ति देखिएको छ । जनशक्ति पनि चुस्त नहुँदा स्वास्थ्य प्रणाली प्रभावकारी हुन सकेको छैन ।

आठ वर्षअघि ०६६ सालमा पनि झाडापखाला र हैजाको महामारीका कारण करिब साढे तीन सय जाजरकोटवासीको ज्यान गएको थियो । दुई वर्षअघि ०७२ सालमा इन्फ्लुएन्जाले  २७ जनाको ज्यान गयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा डा. बराल भन्छन्, ‘सरकारले पूर्वसजगता अपनाउन सकेन । विगतबाट पाठ सिकेन । साधन-स्रोत पर्याप्त भए पनि त्यसको समयमै उचित व्यवस्थापन गर्न सकेको भए छोटो समयमा यति धेरै मानवीय क्षति हुँदैनथ्यो ।’

डा. वन्त भन्छन्, ‘सरोकारवाला निकाय र व्यक्तिमा समेत कमजोरी एवं अक्षमता उजागर भएको छ । नागरिकको स्वास्थ्यप्रतिको गैरजिम्मेवारपना देखिन्छ । स्वास्थ्य प्रणालीमै प्रश्न उठ्नु स्वाभाविक हो ।’  अन्नपूर्ण पोष्ट




तपाईको प्रतिक्रिया दिनुहोस