Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदुई मुख्यमन्त्री सहित चार प्रदेशसभा सभामुख पाउनुपर्ने प्रस्ताव : माओवादी केन्द्र

दुई मुख्यमन्त्री सहित चार प्रदेशसभा सभामुख पाउनुपर्ने प्रस्ताव : माओवादी केन्द्र


नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ ।

 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

 

नेकपा (एमाले) का नेता सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेशसभा सभामुख र राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा बैठकमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने राससलाई जानकारी दिनुभयो ।

 

राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस