Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारफेमस शेफ बन्ने चाहना अजय देवगन र काजोलकी छोरी न्यासा

फेमस शेफ बन्ने चाहना अजय देवगन र काजोलकी छोरी न्यासा


अहिले बलिउडमा स्टार किड्सको समय चलिरहेको छ । भारतीय मिडियामा पनि स्टार किड्सका नयाँ खबर आइरहेका छन् । कोही स्टार किड्स बलिउडमा डेब्यू गर्ने तयारीमा छन् । तीनीहरुले अहिले सबैको ध्यान तानिरहेका छन् । चाहे शाहरुख खानका बच्चा हुन्, या सैफ अली खानका बच्चा नै किन नहुन् ।

 

यही अवस्थामा ‘सिंघम’ अजय देवगनकी छोरी न्यासा पनि विस्तारै चर्चामा आइरहेकी छन् । अक्सर मिडियामा उनका खबर आइरहन्छन् । अहिले उनी क्यामेराको अघि आएर सहजरुपमा प्रस्तुत हुन थालेकी छन् । न्यासाले बलिउडमा कदम राख्लिन रु यसको उत्तर निकै कठिन छ।

 

तर उनी चाँडै बलिउडमा लन्च हुने अनुमान गरिएको छ । उनी मम्मी काजोल र बाबा अजयका साथ कुनै न कुनै स्पटमा देखिने गरेकी छन् । उनलाई धेरैले बलिउडमा चाँडै देख्न पाउने बताइरहँदा उनलाई भने अभिनयप्रति रुची छैन । न्यासाले अभिनय भन्दा फरक अर्को एक प्लानमा रहेको र त्यसैमा भविष्य बनाउन चाहेको बताइन्छ ।

 

उनी कलाकार भन्दा फेमस शेफ बन्न चाहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समय पहिला काजोलले एक अन्तवार्तामा यो विषयमा बेलेकी थिइन् ।

 

न्यासा सामाजिक संजालमा समेत निकै सक्रिय छिन् । उनका तस्विर सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन्, उनी सुन्दर पनि छन् । १४ बर्षिय न्यासा अहिले सिंगापुरको आईबी स्कुल अफ युनाइटेड कलेज अफ साउथ–ईस्ट एशियामा पढिरहेकी छन् । एजेन्सी




तपाईको प्रतिक्रिया दिनुहोस