Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकृष्ण र स्नेहाले सुटिङ प्रतियोगितामा स्वर्ण जिते

कृष्ण र स्नेहाले सुटिङ प्रतियोगितामा स्वर्ण जिते


नेपाल आर्मीका कृष्ण घोरासैनी र पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिप राष्ट्रिय सुटिङ प्रतियोगितामा स्वर्ण जितेका छन्। १० मिटर एयर राईफलको पुरुषमा कृष्ण र महिलामा स्नेहा पहिलो भए। कृष्णले र स्नेहाले समान २२६-२२६ अंक जोडे।

 

पुरुषमा २२४ अंकसाथ आर्मीका सुशे चौधरी दोस्रो र २०४ अंकसाथ मध्यपश्चिमाञ्चलका पवन घिमिरे तेस्रो भए। महिलामा मध्यमाञ्चलकी सिन्धुजा बस्नेत २२४ अंक जोड्दै दोस्रो र प्रहरीकी कल्पना परियार २०२ अंकका साथ तेस्रो भए।

 

पुरुष १० मिटर एयर पेस्तोलमा आर्मीका विष्णुकुमार विश्वामगर पहिलो, मध्यमाञ्चलका सुमन तुलाधर दोस्रो र आर्मीका कुवेर केसी तेस्रो भए। सो स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर, पश्चिमाञ्चलकी श्रेया केसी र आर्मीकी सरिता बस्नेतले शीर्ष तीन स्थान हात पारे। यसअघि चार टिम इभेन्टमा आर्मीले तीन तथा मध्यमाञ्चलले एक स्वर्ण जितेका थिए।




तपाईको प्रतिक्रिया दिनुहोस