Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रचण्ड पत्नी सीता उपचारका लागि दिल्ली जाँदै

प्रचण्ड पत्नी सीता उपचारका लागि दिल्ली जाँदै


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता उपचारका लागि दिल्ली जाँदैछिन् । उनी आइतबार ‘फलोअप’ का लागि दिल्ली जान लागेकी हुन् । मधुमेहलगायत रोगका कारण उनी लामो समयदेखि बिरामी अवस्थामा छिन् ।

 

केही महिनाअगाडि मात्रै पनि उनको बैंककमा उपचार गरिएको थियो । एक मात्र छोरा प्रकाशको निधनका कारण उनी थप कमजोर बनेकी थिइन् । अहिले पनि बेला–बेला अर्धमूर्छित अवस्थामा देखिन्छिन् ।

 

विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् । सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् ।

 

बुवा जानुहुन्न, हामी जाँदै छौं,’ भरतपुर महानगरकी मेयर रेणुले अन्नपूर्णसँग भनिन्, ‘मेदान्तमा आमाको फलोअप उपचार हुन्छ । डाक्टरको सल्लाहका आधारमा उपचार गरेर फर्किन्छौं ।’अन्नपूर्ण पोष्ट




तपाईको प्रतिक्रिया दिनुहोस