Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारन चले रोनाल्डो न चल्यो जिदान नीति, रियाल मड्रिड यो सिजन खराव प्रदर्शन(तस्वीरसहित)

न चले रोनाल्डो न चल्यो जिदान नीति, रियाल मड्रिड यो सिजन खराव प्रदर्शन(तस्वीरसहित)


रियाल मड्रिड यो सिजन खराव प्रदर्शनबाट गुज्रिएको छ । रियाल ला लिगाको उपाधि होडबाट निकै पछाडि रहेको घरेलु मैदानमा समेत हार बेहोर्न थालेको छ ।

 

शनिबार राति भएको खेलमा रियाल मड्रिड घरेलु मैदानमा  भिल्लारियलसंग १–० ले पराजित भयो ।क्रिष्टियानो रोनाल्डो गोल गर्न नपाएर छट्पटिएका छन् । ८७ औं मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै भिल्लारियललाई विजयी गराए ।यो हारले फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको तनाव बढेको छ ।

 

लिगका अन्य खेलमा गिरोनाले लास पल्मासलाई ६–० ले हरायो ।माइकल ओलुंगाले ह्याट्रिक गरे ।एथलेटिको मड्रिडले आइबारलाई १–० ले तथा भ्यालेन्सियाले डेपोर्टिभोलाई २–१ ले हरायो ।

 

आइतबार राति १ः३० बजे बार्सिलोनाले रियाल सोसिडाडसंग उसकै मैदानमा खेल्दैछ ।लिगको अंक तालिकामा बार्सिलोना १८ खेलबाट ४८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।एथलेटिको मड्रिडको ४२, भ्यालेन्सियाको ४० तथा रियाल मड्रिडको जम्मा ३२ अंक छ ।




तपाईको प्रतिक्रिया दिनुहोस