माघे सक्रान्तिमा गोरु जुधाई मेला आयोजना
पुलेसो ४ माघ, २०७७, आईतबार ८:१२
माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आआफ्नै विशेषता र सास्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।
माघे सक्रान्तिको अवसर पारी नुवाकोटको तारुका र बेत्रावतीमा गोरु जुधाई मेला आयोजना गरिने भएको छ । रसुवा नुवाकोट पर्यटन समाजले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बताएको हो ।

शाह वंशीय कालदेखि सुरु भएको गोरु जुधाएर रमाइलो गर्ने परम्परालाई नुवकोटमा व्यवस्थित गरेर पर्वको रुपमा विकास गरिएको छ । दश वर्ष अगाडीदेखि नुवाकोटमा एकीकृत रुपमा गोरु जुधाई मेला आयोजना गरिँदै आएको छ ।
शाह वंशीय कालदेखि सुरु भएको गोरु जुधाएर रमाइलोग गर्ने परम्परालाई नुवकोटमा व्यवस्थित गरेर पर्वको रुपमा विकास गरिएको छ । दश वर्ष अगाडीदेखि नुवाकोटमा एकीकृत रुपमा गोरु जुधाई मेला आयोजना गरिँदै आएको छ ।

गोरु जुधाएको हेर्नका लागी नुवाकोट, काठमाडौं, धादिङ, चितवन, गोरखा र भक्तपुरलगायतका जिल्लाहरुबाट आउने गरेका छन् । मेलामा १९ हल गोरुहरु जुधाउनका लागी दर्ता भइसकेका आयोजकले बताएको छ । त्यसको अलवा विभिन्न संस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने बताइएको छ ।