Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारविश्वदर्शन अभियान स्थापना दिवस

विश्वदर्शन अभियान स्थापना दिवस


विश्वदर्शन अभियान केन्द्रको स्थापना दिवस पुस २७ को उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी मनाइयो ।

 

सो अवसरमा केन्द्रका अध्यक्ष नारायणप्रसाद भट्टराईले केन्द्रबाट भएका गतिविधिबारे जानकारी दिँदै केन्द्रले योग प्रशिक्षण, सत्संग तथा मासिकरुपमा दर्शनीय स्थानको भ्रमण कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

 

उहाँले योग दिवस माघ १ को सन्दर्भमा हुने मूल आयोजक समितिको कार्यक्रममा शान्तिवाटिका, रत्नपार्कमा विहान ७ बजे भेला भई सहभागी हुन पनि सबैलाई आग्रह गर्नुभयो ।

 

योग दिवसको साप्ताहिक कार्यक्रमअन्तर्गत माघ ३ र ४ गते इटहरीमा हुने योग खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको तर्फबाट भाग लिने पनि उहाँले जानकारी दिनुभयो । अभियानको कार्यालय हालै भक्तपुरको सूर्यविनायकबाट काठमाडौँको गोठाटारमा सारिएको छ ।

 

कार्यक्रममा विश्वदर्शन अभियान कोषका संयोजक इन्द्र कर्माचार्य, सल्लाहकारद्वय तीर्थ भट्टराई तथा शंकर चापागाईं, विनोद ढकाललगायतले केन्द्रका गतिविधिलाई अझ प्रभावकारी बनाउनुपर्नेबारे सुझाव दिनुभएको थियो ।रासस




तपाईको प्रतिक्रिया दिनुहोस