गृहपृष्ठ ∕ समाचार ∕ कतारबाट अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ कतारबाट अवैधरुपमा ल्याएको सुनसहित दुई पक्राउ पुलेसो ३ माघ, २०७७, शनिबार १३:५६ अवैधरुपमा कतारबाट ल्याएको २६५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।गोरखाको च्याङ्गली घर भएका विज्ञान नेपाली र पाल्पाको साटिने घर भएका गुणबहादुर सारुलाई लुकाइछिपाइ ल्याएको २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो ।विदेशबाट आउने व्यक्तिले बढीमा ५० ग्रामसम्मको सुनका गरगहना मात्रै आफ्नो साथमा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ । दोहाबाट काठमाडौँ आएका उनीहरुका साथमा रहेको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको हो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका