Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्र बैंकका शाखा शनिबार पनि खुल्ने,आजैबाट कार्यान्वयन हुने

राष्ट्र बैंकका शाखा शनिबार पनि खुल्ने,आजैबाट कार्यान्वयन हुने


नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् ।

अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरेको हो ।

 

राष्ट्र बैंकका अनुसार, आजैबाट यो निर्णय कार्यान्वयन हुँदैछ ।

नेपाल बैंक लिमिटेड, ताप्लेजुङले केन्द्रीय कार्यालयले शनिबार र महिनाको अन्तिम दिन सेवा प्रवाह गर्न सर्कुलर गरेकाले आजैबाट कार्यान्वयन हुन लागेको जानकारी दिएकाे छ ।




तपाईको प्रतिक्रिया दिनुहोस