Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमाओवादीका मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा

माओवादीका मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा


  विनाविभागीय मन्त्रीको हैसियतमा ११७ दिनसम्म सरकारमै रहेका माओवादीका मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सरकारमा गएको आठ महिनापछि  माओवादी सरकारबाट बाहिरिएकाे हाे ।

विनविभागीय जिम्मेवारीमा रहेका गिरिराजमणि पोखरेलले  ‘बिहीबार नै हामीलाई पार्टीले सरकारबाट फिर्ता बोलाएको थियो,’ उनले भने, ‘सार्वजनिक बिदा परेकाले शुक्रबार पार्टीको पत्र प्रधानमन्त्रीकहाँ पुगेको छ  ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा माओवादी सरकारमा नरहेको पत्र पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई अब सरकारमै राखिरहन ‘औचित्यपूर्ण’ नहुने निष्कर्ष निकाल्दै फिर्ता बोलाएको हो । माओवादीका नौ मन्त्री र सात राज्यमन्त्री मन्त्रिमण्डलमा सहभागी थिए । उनीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ मा जिम्मेवारीमुक्त गरेका थिए ।

चुनावपछि नयाँ जनादेशका आधारमा प्रधानमन्त्री आफैँले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने अपेक्षामा रहे पनि त्यसो नगरेकाले पार्टीले मन्त्री फिर्ता बोलाएको उनले बताए । ‘नयाँ जनादेशपछि प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने हो, त्यसैमा हाम्रो निकास हुन्छ भन्ने थियो तर ढिला हुँदै गएकाले त्यहाँ बसिरहनु औचित्य रहेन’, उनले भने ।

कांग्रेस–माओवादी ‘आलोपालो’ सरकार चलाउने निर्णयका साथ देउवा नेतृत्वको सरकारमा माओवादी सहभागी भएको थियो । माओवादीले असोज १७ मा सरकारमै रहेर तात्कालीन प्रतिपक्षी एमालेसँग प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा तालमेल गर्ने र पार्टी एकता नै गर्ने निर्णय गरेपछि उसका मन्त्रीलाई सरकारबाट हट्न त्यसबेलै दबाब बढेको थियो । तर पनि माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थिएन ।




तपाईको प्रतिक्रिया दिनुहोस