Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रधानमन्त्रीलाई राजीनामा बुझाएसँगै सरकारबाट बाहिरियो माओवादी

प्रधानमन्त्रीलाई राजीनामा बुझाएसँगै सरकारबाट बाहिरियो माओवादी


सरकारमा प्रतिनिधित्व गरेका माओवादी मन्त्रीहरुले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन्।

सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा रहेका माओवादी मन्त्रीहरुको राजीनामा पत्र गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र  बुझाएका थिए।  माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा थिए।

प्रधानमन्त्री देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीहरुको जिम्मेवारी खोस्दै बिनाविभागीय हैसियतको बनाएका थिए।

माओवादीका मन्त्रीहरुले बिहीबार नै राजीनामा बुझाउने बताए तापनि सार्वजनिक बिदा परेका कारण रोकिएको थियो।

यी हुन् सरकारबाट बाहिरिएका माओवादी मन्त्रीहरु

मन्त्रीहरुराज्यमन्त्री
कृष्णबहादुर महरामोहम्मद जाकिर हुसेन
जनार्दन शर्मारामसिंह यादव
शिवकुमार मण्डल केवटश्यामकुमार श्रेष्ठ
सन्तकुमार थारुकर्णबहादुर विक
प्रभु शाहछमबहादुर गुरुङ
आशा कोइरालागोमा कुँवर
महेन्द्रबहादुर शाहीवाङदी शेर्पा
गिरिराजमणि पोखरेल
टेकबहादुर बस्नेत




तपाईको प्रतिक्रिया दिनुहोस