गृहपृष्ठ ∕
समाचार ∕
सातामा एक अर्ब ७१ करोड १२ लाखको सेयर किनबेच (तालिका सहित) सातामा एक अर्ब ७१ करोड १२ लाखको सेयर किनबेच (तालिका सहित)
पुलेसो २ माघ, २०७७, शुक्रबार १३:३१
यो साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १७३९३ कारोबारबाट एक अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरका ४१ लाख पाँच हजार दुई सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ३६.७९ प्रतिशत कम हो । गत साता १७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७५८३ कारोबारबाट दुई अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरका ६४ लाख ७९ हजार आठ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८.४९ अंकले बढेर अन्तिम दिन १४४०.२९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.२९ अंकले बढेर ३०३.६८ अंकमा आईपुगेको छ ।
यो साता कारोबार रकम २३ करोड ७६ लाख ५० हजार रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
कारोबार भएको सेयर संख्या एक लाख ९९ हजार कित्ताको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १४७५ वटाको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीकरण तर्फ भने यो साता पाँच वटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकरण भएको छ ।
साताका सेयर सुचकांकहरु

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु :

यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ
न्यूजअभियान