Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारइनर्जी ड्रिंक्सले शक्तिमात्र होइन गम्भीर रोग पनि निम्त्याँछ

इनर्जी ड्रिंक्सले शक्तिमात्र होइन गम्भीर रोग पनि निम्त्याँछ


अहिले हामीकहाँ पनि इनर्जी ड्रिंकले व्यपकता पाउँदै गएको छ । किशोरकिशोरी, बालबच्चादेखि वयस्कहरु समेत इनर्जी ड्रिंक घुट्क्याइरहेका हुन्छन् । इनर्जी ड्रिकले के गर्छ ? हामी ठान्छौं, शक्ति दिन्छ । स्वाद दिन्छ । तिर्खा मेट्छ ।

 

तर, यसको असर फरक छ । इनर्जी डि्रंक्सको अत्यधिक सेवनले अनेकन स्वास्थ्य समस्याहरु पैदा गर्न सक्ने एक अध्ययनले खुलासा गरेको छ । यसले पैदा गर्ने स्वास्थ्य समस्याहरुमा मानसिक असन्तुलन, रक्तचाप, मोटोपना र किड्नीमा खराबी लगायत छन् ।

अध्ययनबाट यो जानकारी प्राप्त भएको छ कि अक्सर इनर्जि डि्रंक्सलाई रक्सीका साथ लिने गरिन्छ । अधिकांस इनर्जि डि्रंक्सको अवयवमा पानी, चिनी, केही भिटामिन, खनिज, कफिन र गैर-पोषक उत्तेजक पदार्थ आदि समावेश हुन्छन् ।

किन हानिकारक ?

इनर्जी ड्रिक्समा लगभग १०० मिलिग्राम कफिन प्रति तरल औंस हुन्छ जुन नियमित कफीको तुलनामा आठ गुणा बढि हो । कफीमा १२ मिलिग्राम कफिन प्रति तरल औंस हुन्छ । इनर्जि डि्रंक्समा उपरोक्त सबै स्वास्थ्य जोखिमहरु यसमा मौजुद रहने चिनी र कफिनको उच्च मात्राका कारण हुन्छ ।

इन्डियन मेडिकल एसोसिएसन (आइएमए)का अनुसार, ‘इनर्जी ड्रिक्सले शरीरलाई हानी गर्छ । यसमा कफिनको अधिक मात्रा हुनाले युवाहरु तथा बुढाबुढीलाई मुटुरोग, रक्त प्रवाह तथा रक्तचापको समस्याहरु उत्पन्न हुन सक्छन् ।’

यी पेय पदार्थमा तौरिन नामक एक तत्व हुन्छ जसले कफिनको प्रभावलाई बढाउँछ । यसका अलावा जो मानिसहरु रक्सीका साथ इनर्जी ड्रिंक्स पिउँछन्, उनीहरु यसको प्रभावमा अधिक रक्सी  पिइदिन्छन् । इनर्जी ड्रिंक्स लिँदा रक्सी पिएको थाहा हुँदैन र मानिसहरु अधिक पिउन प्रेरित हुन्छन् ।

कसलाई बढी खतरा ?

१८ वर्षभन्दा कम उमेरका मानिसहरु, गर्भवती महिलाहरु, कफिनप्रति सवेदनशील व्यक्तिहरुलाई यसले बढी हानी पुर्‍याउँछ । यहाँ इनर्जी डि्रंक्सको विकल्पमा केही खाद्य पदार्थहरु उल्लेख गरिएको छ जसले दिनभरी तपाईंलाई चनाखो र उत्साहित बनाउन मद्दत गर्नेछन् ।

ग्रीन टीः यसमा भिटामिन ए, बी, सी र ई हुन्छन् । यसमा एल थेनाइन पनि समावेश हुन्छ जुन एउटा एन्टिअक्सिडेन्ट हो ।

गहुँ: यो भिटामिन ए, सी, ई, बीटा क्याटोरिन, एमिनो एसिड र क्याल्सियमबाट समृद्ध हुन्छ । भिटामिन बी, विशेषरुपमा बी १२, आइरन र म्याग्नेसियम उर्जाको स्तर बढाउनमा आश्चर्यजनक काम गर्छन् ।

केराः यसमा पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम र फस्फोरस समेत इलेक्ट्रोलाइट्स समावेश हुने कारणले थकानसँग लड्न मद्दत मिल्छ ।

पानीः कुनै पनि व्यक्तिले जब उर्जाको कमि महसुस गर्छ, यसको अर्थ हो उसको शरीरमा पानीको मात्रा कम भएको छ । त्यसैले थकानलाई हटाउनका लागि पर्याप्त पानी पिउनु आवश्यक छ ।

बदामः यो प्रोटिनले समृद्ध हुन्छ जसले रक्त प्रवाहलाई स्थिर गरिदिन्छ । ओखर र बदाम म्याग्नेसियम र ओमेगा ३ फ्याटी एसिडमा उच्च हुन्छ जसले उर्जाको स्तर बढाउनलाई मद्दत गर्छ ।




तपाईको प्रतिक्रिया दिनुहोस