गृहपृष्ठ ∕ समाचार ∕ जनता बैंकको साधारण सभा आज हुँदै, १४.४०% बोनसपछि चुक्ता पुँजी कति ? जनता बैंकको साधारण सभा आज हुँदै, १४.४०% बोनसपछि चुक्ता पुँजी कति ? पुलेसो २ माघ, २०७७, शुक्रबार ११:१२ जनता बैंकको आठौं वार्षिक साधारण सभा शरक्रबार (पुस २८ गते) अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजेबाट हुँदैछ । सभामा बैंकले १४.४०% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । बोनस बापत जनताले १ अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँ खर्च गर्नेछ । जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि जनताले सभामा लैजानेछ । यता, बैंकले बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश भने नदिने भएको छ ।सेयरधनी आफैले बोनस सेयरमा लाग्ने कर बापतको रकम तिनुपर्ने छ । सभामा जनताले आर्थिक वर्ष २०७३–७४ को नाफा–नोक्सान हिसाब तथा २०७४ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्दैछ । जनताले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्न, गाभिनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा लैजाँदैछ । साधारण सभा गर्न बैंकले पुस ११ देखि शुक्रबार (पुस २८ गते) सम्म बुक क्लोज गरेको छ । पुस १० गतेसम्म मात्र कायम सेयरधनी लाभांशको हकदार हुनेछन् । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रुपैयाँ रहेको छ । १४.४०% बोनस सेयर दिइसकेपछि जनताको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९८५ रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६ करोड ४८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६ पैसा छ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका