Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकाठमाडौं महानगरमा फेरि सचिव

काठमाडौं महानगरमा फेरि सचिव


स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने कानुनी प्रावधानलाई व्यवहारमा उतार्न भन्दै संघीय सरकारले काठमाडौं महानगरपालिकामा केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा सचिवलाई पठाउने तयारी थालेको छ ।
सरकारले केन्द्रीय सरकारको मुख्य प्रशासनिक प्रतिष्ठान रहेको महानगरपालिका भएकाले पनि अन्य महानगरपालिकालाई भन्दा विशेष महत्व दिन लागिएको संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सहसचिवलाई प्रतिनिधिका रूपमा पठाउँदै आएको सरकारले हालको व्यवस्था परिमार्जन गर्दै राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीलाई नै महानगरमा पठाउने तयारी थालेको संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताएउनु भएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस