Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराष्ट्रिय एकता दिवसको अवसरमा ‘राष्ट्रिय एकताः आजको आवश्यकता’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता दिवसको अवसरमा ‘राष्ट्रिय एकताः आजको आवश्यकता’ अन्तरक्रिया कार्यक्रम सम्पन्न


पृथ्वीजयन्तीको अवसरमा काठमाडाैंमा  “राष्ट्रिय एकताः आजको आवश्यकता”  विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

डिल्लिबजार स्थित विजय स्मारक माध्यमिक विद्यालयको मिडिया हलमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे काठमाडौँ महानगर इकाई समितिले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा “राष्ट्रिय एकताः आजको आवश्यकता” विषयमा अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।

विभिन्न नगरबाट बाट आएका विद्यार्थीहरूले राष्ट्रिय एकता र संघियता साथै संघियताले राष्ट्रिय एकता कायम गर्ने सकिन्छ ? साथै आजको समयमा संघियताले गर्दा जनतामा करको दायरा बढने हो की भन्ने विषयमा विद्यार्थी र वरिष्ठ पत्रिकार युवराज गौतम, प्रा.डा दामोदर ज्ञावाली बीच अन्तरक्रिया भएको हाे ।

विभिन्न राज्यमा  बिभाजित भएको क्षेत्रलार्इ आफ्नै सिमित साधन र श्रोतको आधारमा सिङ्गो नेपाल राष्ट्रको निर्माण गरे विश्वमा थोरै मात्र देशहरूको अस्तित्व भएको समयमा नेपाल भन्ने राष्ट्रलाई अस्तित्वमा ल्याएका राष्ट्र निर्माता पृथ्वीनाराण शाहलाई ६२/६३ को राजनीतिक परिवर्तन पछाडी तिरस्कार गर्ने र विदेशीहरूको इसारामा रष्ट्रिय एकता दिवसलाई हटाईएको अवस्थामा पनि विद्यार्थी परिषद्ले आफ्नो राष्ट्रिय कार्यक्रमको रूपमा मनाउदै आइरहेको छ । यस कार्यलार्इ निरन्तर मनाउदै जाने उद्घाेष विद्यार्थी परिषद्का राष्ट्रिय  सचिव नारायण प्रसाद् ढकालले बताउनुभयो ।

त्यसैगरि, बरिष्ठ पत्रकार युवराज गौतम र प्रा.डा. दामोदर ज्ञावालीले अन्तरक्रियामा बोल्दै पृथ्वीनारायण शाहलाई राजनीतिक व्यत्तित्वको रूपमा नहेरी राष्ट्रियता र सम्पूर्ण नेपालीहरूको एकता सुत्रको रूपमा हुनुपर्ने र उहाँले भनेका दिव्य उपदेशहरूको आधारमा राष्ट्र सन्चालन गर्ने हो भने कुनै विदेशी सँग शीर झुकाउनु पर्ने परिस्थीति नआउने कुरामा जाेड दिनुभएकाे थियाे ।  राष्ट्रिय एकता आजको अत्यन्तै आवश्यकता रहेको र संघिय प्रणालीमा पनि कसरि सम्मपूर्ण नेपालीहरू एकताको सुत्रमा बाँधिन सक्छन त्यस विषयमा हामी सम्पूर्ण नेपालहरूले गम्भिर भएर चिन्तन गर्नु पर्ने कुरा पनि उहाँहरूले बताउनुभयाे।

 उक्त कार्यक्रको समापन सत्रमा बोल्दै कार्यक्रय संयोजक वीरबहादुर खडकाज्युले यस्तो किसिमको अन्तरक्रियात्मक तथा रचनात्मक कार्यक्रम महानगरले निरन्तर गरिरहने कुरा जानकारि गराउनु भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रमा विभिन्न नगरका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा महानगर सचिव सविना तामाङ्गले स्वगत मन्तव्य राख्नु भएको थियो । यस्तै महानगर सह–सचिव रोशन भट्टले कार्यक्रमको संन्चालन गर्नु भएको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस