गृहपृष्ठ ∕ समाचार ∕ साहित्यकारका निवासका तस्वीर साहित्यकारका निवासका तस्वीर पुलेसो १ माघ, २०७७, बिहीबार १७:२७ राष्ट्रिय एकता दिवसका अवसरमा ‘कपन बानेश्वर’ साहित्यिक पत्रिकाले कपन र बानेश्वर क्षेत्रका साहित्यकारका निवासमा तिनका तस्वीर टाँग्न शुरु गरेको छ ।पत्रिकाको साहित्यकार अभिलेखीकरण अभियानअन्तर्गत साहित्यकारबीच आपसी सद्भाव र एकताका लागि सो काम गरिएको पत्रिकाका प्रकाशक तथा सम्पादक निबन्ध आचार्यले जानकारी दिनुभयो ।बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईसमेत संलग्न सो अभियानअन्तर्गत आज कपन नीलोपुल, रुद्रमती, नारायण चोक क्षेत्रका साहित्यकार तथा चित्रकार हेम पौडेल, साहित्यकार एवं पत्रकार पुरुषोत्तम दाहाल, बाल साहित्यकार गङ्गा पौडेल, लेखक विष्णुप्रसाद शर्मा पराजुली, हास्यव्यङ्ग्यकार थरेन्द्र बराललगायतका निवासमा उहाँहरुका परिचय झल्कने फ्रेमसहितको तस्वीर टाँगिएको छ । सो अभियानमा आज रामचन्द्र दाहाल, शङ्कर भारती, माधव श्रेष्ठ, हेमा अधिकारीलगायत सहभागी हुुनुुहुन्थ्यो । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका