Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयुरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने ब्यक्तिहरु पक्राउ

युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने ब्यक्तिहरु पक्राउ


 युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्कीको पोखरा पृथ्वीचोक बस्ने स्याङजाका २९ वर्षीय प्रवीन गिरी, कास्कीको पोखरा पृथ्वीचोक बस्ने स्याङजाको चापाकोट नगरपालिका–४ का २८ वर्षीय प्रदीप गिरी र झापाको गौरादह नगरपालिका–४ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र अधिकारी रहेका छन् । प्रवीन र प्रदीपलाई सोमबार तथा अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

युरोपियन मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी बैदेशिक रोजगारीमा लगाइदिन्छु भनि राहदानीमा नक्कली भिसा लगाई प्रतिब्यक्ति ८ लाख ५० हजार रुपैयाँ लिई टर्की पु¥याएर २ महिनासम्म श्रम शोषण गरी अलपत्र पार्ने कार्यमा उनीहरु संलग्न रहेको खुल्न आएको ब्यूरोले जनाएको छ । यस सम्बन्धमा सो ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस