Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकेहि आशंका : आखिर किन डा केसी अख्तियारका बारेमा मौन रहे

केहि आशंका : आखिर किन डा केसी अख्तियारका बारेमा मौन रहे


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पत्ताल महाराजगञ्जका हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसीले मेडिकल शिक्षा, भ्रष्टाचार, र वेतिथिका विषयमा कैयौँ आवाज उठाएका छन ।

अहिले पनि अदालतको भ्रष्टाचारका विषयमा आवाज उठाउदैछन् । तर, उनी बारे एउटा अर्को शंका गर्ने स्थान देखिएको छ । अन्य सबै विषयमा आवाज उठाउने डा। केसीले अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्न्यातका बारेका किन कहिल्यै आवाज उठाउदैनन् ?

यो प्रश्न गर्न लायक विषय बनेको छ । अहिलेका अख्तियार प्रमुख बस्न्यात तिनै व्यक्ति हुन्, जुन २०६३ सालमा गठित कर फछूयौट आयोगमा भएको अर्बौको भष्टाचार काण्डमा मुख्य भूमिकामा थिए ।

के त्यो फाइलका बारेमा उनी बोल्नु पर्दैन रु नेपालको इतिहासमा अहिलेसम्म बनेका १२ ओटा कर फछ्र्यौट आयोग मध्ये सबैभन्दा बढि घोटाला २०६३ मा गठित आयोगमा भएको थियो । सबैभन्दा मोटो रकम त्यही बस्नेतकै पालामा हिनविना भएको कर फछ्यौट आयोगका प्रतिवेदनहरुले देखाउँछन् ।

त्यतिमात्र होइन, बस्यात बैदेशीक रोजगार विभाग र भन्सार कार्यालयमा बस्दा पनि राम्रो छवी नभएका व्यक्ति हुन् । उनी आफुले गरेका कर्तुत पखाल्नका लागि अख्तियारमा पुगेका हुन् ।

बस्न्यात एक करोड बराबर सुन सहित रंगेहात समातिएर पनि छुटकारा पाएका व्यक्ति हुन् । अहिले उनको काम बार्गेनीङका आधारमा धम्क्याएर मुद्दा फितलो बनाउने र पैसा असुल्ने हुन्छ । त्यो विषयमा डा। केसी मौन बस्नुले केहि आशंका पक्कै पनि गर्न सकिन्छ ।




तपाईको प्रतिक्रिया दिनुहोस