Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा जाग्राम

पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा जाग्राम


बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले  बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् ।

 

पानीको माग गर्दै उनीहरु रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्रबहादुर महराले जानकारी दिनुभयो । बुधबार रातभर रौलाकेदार मन्दिरमा जाग्राम बस्ने र विहिबार बिहान प्रार्थना गर्ने कार्यक्रम राखेका छौँ, उहाँले भन्नुभयो, “योभन्दा पहिले पनि खडेरी पर्दा रौलाकेदार मन्दिरमा जाग्राम तथा पूजाआजा गरेपछि पानी परेकाले मन्दिरमा धाएका हौँ ।”

 

लामो समयदेखि खडेरी परेका कारण रौलाकेदारमा जाग्राम बसेमा पानी पर्ने जनविश्वास रहिआएको छ । समयमा पानी नपरेका कारण यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएको छ । हिउँद महिना शुरु भएसँगै पानी नपर्दा बैतडीका केही ठाउँमा अझै गहुँ छर्न बाँकी रहेको छ भने गहुँ छरेको ठाउँमा सुक्न थालेका छन् ।

 

पानी माग गर्दै बैतडीको सुर्नयाका स्थानीय बासिन्दाले यसअघि गत वर्ष पनि लामो समयसम्म खडेरी परेपछि प्रसिद्ध रौलाकेदार र दशरथचन्द नगरपालिका–१ देवलहाटमा रहेको पञ्चदेवलमा शिव भगवानको पूजाआजा गरेका थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस