Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारछोरा र गहनासहित बेपत्ता भइन श्रीमती

छोरा र गहनासहित बेपत्ता भइन श्रीमती


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, छोरा र गहनासहित श्रीमती बेपत्ता भएपछि कसरौलका २६ वर्षीय चेतु राना खोज्दै हिँडे पनि पत्तो लगाउन सक्नुभएको छैन ।

 

एघार दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता हुनुभएको हो । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि श्रीमती फेला पार्न नसकेको चेतुले बताउनुभयो ।

 

आठ वर्षीय छोरा अजय र छ वर्षीय छोरा अवि सहित उहाँकी श्रीमती पुस १६ गते परिवारका सदस्य नभएको मौका छोप्दै घर छाडेर हिँडेकी हुन् । श्रीमतीले भएको गहना र छोरासहित भागेपछि निकै चिन्तित भएको रानाले बताउनुभयो ।माइतीसमेत गाउँमै छ, वडाध्यक्ष जगता रानाले भन्नुभयो, “भागेर जाने अरु ठाउँ नै छैन, कसैले बहकाएर भगाएर लगेका हुन सक्छ ।”

 

श्रीमानसगँ ठाकठुक पर्दा म पनि मर्छु, छोरालाई पनि मार्छु भन्ने धम्की दिइरहन्थीन्, छिकेकीसमेत रहनुभएका अध्यक्ष रानाले भन्नुभयो, “यसै कारणले धेरै ठाउँमा खोजिसकेका छौँ, पत्तो लागेको छैन ।”

 

खोजतलासका लागि परिवारका तर्फबाट नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालय, झलारीमा समेत निवेदन दिइएको उहाँले बताउनुभयो । प्रहरीले समेत बेपत्ता रानाको खोजी गरिरहेको भएपनि हालसम्म फेला भने पार्न सकेको छैन ।

 

चेलीबेटी बेचबिखनमा संलग्न दलालले बहकाएर लगेको आशंका परिवारजनले गरेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस