Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रधानन्यायाधीश पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश

प्रधानन्यायाधीश पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश


प्रधानन्यायाधीश गोपाल पराजुलीका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपि र न्याय परिषदबाट उमेरबारे भएको निर्णय एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

 

अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले बयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेका र एसएलसी पास भएरनभएको शंका भएको बताएका थिए । डा. केसीले इजलासमा पनि त्यही अडान राखे ।

 

साथै प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन सर्वोच्चको आदेशमा उल्लेख छ ।

 

 




तपाईको प्रतिक्रिया दिनुहोस