Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारजाडो मौसममा छोकडा खानुको फाइदा

जाडो मौसममा छोकडा खानुको फाइदा


छोकडा एक पोषक तत्वहरुको भण्डार हो । यसलाई जाडो मौसममा खाएर धेरै फाइदा लिन सक्छौँ । छोकडामा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन अत्याधिक मात्रामा पाइन्छ । एउटा छोकडाबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ।

यसमा यस्तो चिज हुन्छ जसले स्वस्थ रहनका साथै सुन्दर हुन सहयोग गर्छ । छोकडालाई चाहे दूध,दहि ,सलाद र यतिकै पनि खान सक्छौँ । यो खादा हामीलाई निम्न फाइदा हुन्छन्।

छोकडाको लागि तस्बिर परिणाम

छोकडामा पाइने ‘साल्ट’ले हड्डीहरुलाई बलियो बनाउछ ।

यो खानाले अनुहारमा चमक र निखारता आउँछ ।

यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।

वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ ।

थकाइ महशसु भएको बेला खजूर खाएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ ।

दमका रोगीलाई राहतको महसुस मिल्छ ।

शरीरमा रगतको मात्रा पनि बढ्छ ।

यसमा भिटामिन बि हुने हुदा यो खादा पिम्पल हट्छ ।




तपाईको प्रतिक्रिया दिनुहोस