Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रेमी आफुलाई सँगै भेटेपछि छोरीले बाबुको हत्या गरिन्

प्रेमी आफुलाई सँगै भेटेपछि छोरीले बाबुको हत्या गरिन्


भारतको नोएडा सेक्टर २७ अट्टामा एक युवतीले आफ्नो बुबाको हत्या गरिदिएकी छिन् ।

प्रेमी र आफूलाई सँगै भेटेपछि छोरीले बाबुको हत्या गरेको भारतीय मिडियाले जनाएका छन् । मृतककी पत्नीले छोरी र उसको प्रेमीविरुद्ध मुद्दा दायर गरेका छन् । प्रहरीले छोरीलाई पक्राउ गरिसकेको छ ।

गत आइतबार यस्तो घटना भएको हो । बाबुले बिहान ४ बजे घरमा उठ्ने क्रममा छोरीको प्रेमीलाई देखेका थिए । युवतीको प्रेमी भने फरार रहेको बताइएको छ । प्रेमी धर्मेन्द्र नामको रहेको बताइएको छ । मृतकको नाम विश्वनाथ हो ।

आफ्नो छोरीले प्रेमीसँग मिलेर कुटपिट गरेपछि विश्वनाथ घाइते भएका थिए । उनलाई नोएडामै अस्पताल लगिए पनि स्वास्थ्य सुधार आउन नसकी मृत्यु भएको थियो ।

मृतककी पत्नीले आफ्नो छोरी र उसको प्रेमीविरुद्ध किटानी जाहेरी दर्ता गराएकी छिन् । आरोपी युवती पूजा अहिले प्रहरीको नियन्त्रिणमा छिन् ।




तपाईको प्रतिक्रिया दिनुहोस