Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसंयुक्त कार्यदललाई ओली र प्रचण्डले दिए दिशा निर्देशन

संयुक्त कार्यदललाई ओली र प्रचण्डले दिए दिशा निर्देशन


 राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले माओवादी केन्द्रको संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा दिशानिर्देशन गर्नुभएको छ।

एमाले माओवादी केन्द्रका अध्यक्षसहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बालकोटमा बसेको थियो । बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा दिशानिर्देशन दिएका थिए ।

कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ । रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिए ।

कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेश गर्ने र रिपोर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटिमा जाने पनि पुनले जानकारी दिए । कार्यदलमा रामबहादुर थापा “बादल“, सुवास नेम्वाङ, वर्षामान पुन, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस