Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबढ्दै गएको नेप्से आज छ दसमलव ९३ अंकले घट्यो

बढ्दै गएको नेप्से आज छ दसमलव ९३ अंकले घट्यो


अघिल्लो तीन दिन लगातार बढेको नेप्से साताको चौथो कारोवार दिन आज बुुधवार भने घट्दै गएको छ । आज मध्यान्ह १२ बजेसम्म नेप्से छ दसमलव ९३ अंकले घटिसकेको छ भने सेन्सिटिभ एक दसमलव २८ अंकले घटिसकेको छ ।

यसबिचमा कुुल ९२ वटा कम्पनीहरुको छ सय छ सय ६२ वटा कारोवारमा आठ लाख ९९ हजार १० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच करोड ४४ लाख २५ हजार दुुई सय ७३ रुपैयाँ पुुगेको छ ।

मध्यान्हसम्म नौ वटा समुहको कारोवार भएकोमा फाईनान्स र अन्य समुहको सुचक सामान्य अंकले बढेर बाँणिज्य बैंक, बिकास बैंक, बीमा सहितका छ वटा समुहको सुचक घटेका छन् ।

यसबिचमा सिद्धार्थ लगानी बृद्धि योजनाको प्रति युनिट सेयर मुल्य दुुई रुपैयाँ १३ पैसाले बढेर १२ रुपैयाँ ४६ पैसामा सेयर कारोवार भएको छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मुल्य १० रुपैयाँले घटेर १९ सय ७१ रुपैयाँमा कारोवार भएको छ ।

मध्यान्हसम्म एनएमबी सुलभ फण्ड—१ को प्रति युनिट १३ रुपैयाँ अन्तिम मुल्यमा एक करोड चार लाख रुपैयाँको सेयर किनबेच भएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस