Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमिलोमतोमा नक्कली सेयर कारोबार गर्ने चार वर्षपछि कारवाहीमा

मिलोमतोमा नक्कली सेयर कारोबार गर्ने चार वर्षपछि कारवाहीमा


चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी तथा सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली शेयर कारोबार गराउने श्रीहरि सेक्युरिटिजलाई दश लाख, अग्रवाल सेक्यूरिटिजलाई ५० हजार जरिवाना गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले पहिलोपल्ट यति ठूलो कारवाही गरेर कडाइ गर्ने संकेत दिएको हो । अग्रवाल सेक्युरिटिजले नक्कली कारोवारसमेत गरेकोले उसलाई १० लाख थप जरिवाना गरिएको छ ।

हुन पनि नक्कली कागजात तैयार गर्ने, नक्कली शेयर खरिद बिक्री गराउने, व्यक्तिगत र संस्थागत रेकर्ड नराख्नेजस्ता काम दलालहरुले बढी गर्न थालेपछि धितापत्र बोर्ड हर्कतमा आएको हो । जानीजानी बदलियत राखेको भनेर अग्रवाल सेक्युरिटिजका प्रमुखलाई थप जरिवाना र सचेत पनि गराइएको छ ।

दलालका नाममा सेयरको कारोवार उचाल पछार गर्ने, अनेकन षडयन्त्रमा लाग्ने काम भइरहेको उजुरी दिनहुँ पर्ने गरिएको छ । अहिलेको अस्वभाविक सेयर मूल्य गिराउन पनि दलालहरुले मुख्य भूमिका खेलेको बताइएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस