Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारजाडोबाट बच्न कम्बल वितरण

जाडोबाट बच्न कम्बल वितरण


 जिल्लाको उच्च पहाडी भेगमा बस्ने विपन्न परिवारका सदस्यलाई जाडोबाट बच्न न्यानो कम्बल वितरण गरिएको छ ।

झरना फाउण्डेशन नेपालले मंगलबार ढोरपाटन र निसीखोला गाउँपालिकामा गरी ६० जनालाई कम्बल बाँडेको हो । निसीखोला गाउँपालिका वडा नं ३ र ४ का २० र वडा नं. ६ का २० जनालाई एक÷एक वटा कम्बल वितरण गरिएको फाउण्डेशनका संयोजक नविन थापाले जानकारी दिनुभयो ।

यस्तै, ढोरपाटन नगरपालिकाको वडा नं ७ मा बस्ने विपन्न परिवारका २० जना सदस्यलाई कम्बल प्रदान गरिएको छ । बढ्दो चिसोले जनजीवन प्रभावित भएपछि फाउण्डेशनले ‘न्यानो अभियान’ चलाएको उहाँको भनाइ छ ।

स्थानीय जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्थितिमा कम्बल वितरण गरिएको फाउण्डेशनले जनाएको छ । “जाडो याममा जीवनयापन गर्न सहज होस् भनेर कम्बल वितरण गरेका हौँ” संयोजक थापाले भन्नुभयो “गरिब तथा विपन्न परिवारप्रति न्यानो अभियान लक्षित छ ।”

न्यानो लुगाको अभावमा चिसोले मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने देखेर विपन्न समुदाय लक्षित गरेर ‘न्यानो अभियान’ चलाइएको उहाँको भनाइ छ । पछिल्लो समयमा देशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा बढेको अत्यधिक चिसोले जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँमा चिसोकै कारण मानिसको ज्यानै समेत गएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस