Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयसरी पक्राउ परेका थिए डा. केसी, यस्तो कोठामा राखिएको थियो (हेर्नुहाेस् भिडियाे)

यसरी पक्राउ परेका थिए डा. केसी, यस्तो कोठामा राखिएको थियो (हेर्नुहाेस् भिडियाे)


त्रिवि शिक्षण अस्पतालपरिसरबाट सोमबार साँझ ८ बजे पक्राउ गरेर डा. गोविन्द केसीलाई सीधै सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा लगिएको थियो ।

यसरी पक्राउ परेका थिए डा. गाेविन्द केसी हेर्नुहाेस् भिडियाे

https://youtu.be/PhJvy1_WZ34

 

चिकित्सक टोली पनि साथैमा थिए । केसीलाई वृत्तको कार्यालय भवनको माथिल्लो कोठामा राखियो, जहाँ व्यवस्थित सुत्ने खाट, ओढ्ने, ओछ्याउने व्यवस्था छ । विगतमा पक्राउ परेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमुखहरूलाई पनि त्यही कोठामा राखिएको थियो ।

 

एक प्रहरी अधिकारीका अनुसार केसीले प्रहरीसँग केही कुरा गरेनन् । प्रहरीको चिकित्सक टोली केसीको स्वास्थ्य निगरानीका लागि रातभरि वृत्तमै थियो । केसी अनशनमै थिए । प्रहरी अधिकारीले खानपिनबारे सोधे, तर केसीले खान मानेनन् । प्रहरीले पनि कर गरेनन् । ‘हामीले उहाँलाई सोध्यौँ, तर अनशनमै छु भनेपछि कर गर्ने कुरा भएन । उहाँ भोकै सुत्नुभयो,’ एक प्रहरीले भने ।




तपाईको प्रतिक्रिया दिनुहोस