गृहपृष्ठ ∕
समाचार ∕
आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान : डा.केसी (भिडियो सहित) आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान : डा.केसी (भिडियो सहित)
पुलेसो २९ पुस, २०७७, बुधबार १०:१५
त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान दिएका छन् ।
सर्वोच्चको आदेशपछि अनस्थल स्थलबाटै पक्राउ परेका डा. केसीलाई विहानै अदालत लगिएको थियो । उनको बयान सकिएको छ र, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु हुँदैछ । डा. केसी का एक वकिलका अनुसार बयानका क्रममा प्रधानन्यायाधीश राजुलीमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उनले पराजुलीको दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाएका छन् ।
पराजुलीले आफ्नो भन्जेज्वाइँ नातेदार कहकुल सुवेदीले ६/७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको बताए । उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६/७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन ।’
सर्बोच्च अदालतका प्रधानन्यायाधीश माननीय गोपाल प्रसाद पराजुलिको एसएलसि फेल भएको
प्रमाण भेटिएको छ। उक्त समाचार पत्रकार तुफान न्यौपाने ले खोज पत्रकारिताको लागि तयार पार्नु भएको हो।एउटै व्यक्तिको २ वटा नागरिकता जन्ममिति पनि फरक फरक उहाँको जम्मा ४ वटा श्रीमती हरु यो कुरा गरिरहेको छौ नेपालका प्रधानन्यायाधीश माननीय गोपाल प्रसाद पराजुली को कर्तुत को बारेमा । हेर्नुस पूरा भिडियो
https://youtu.be/olA2sSZyee8