Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसगरमाथामाको शिखरमा हुँदाको अनुभव : छुन नपाएका गहिरा प्यासहरु मेट्नु थियो

सगरमाथामाको शिखरमा हुँदाको अनुभव : छुन नपाएका गहिरा प्यासहरु मेट्नु थियो


मेरो देशमा मन्दिरहरुको उचाइ निकै माथी छ । अग्ला र राम्रा बस्तुहरु हाम्रा स्वामित्वमा हुँदैनन भन्ने मैले केटाकेटी हुँदा देखि नै बुझेको थिँए । नहुँदा त, दुइ तले मन्दिरलाइ मानिसको मन भन्दा अग्ला र बृहत मानेर दलितहरुको आस्था र मनलाइ मन्दिर बाहिरै सायदै राखिन्थ्यो होला । ती अग्ला मन्दिरहरुमा म आँफै अग्लो भएर कहिल्यै पुजा गर्न पाइन ।

 

मन्दिरहरु अरु नै कसैको अधिनमा थिए । तर सगरमाथामाको शिखरमा पुगेपछि मलाई लाग्यो, खास उचाइहरु त कसैको अधिनमा नहुदा रहेछन । शिखरमा हुँदा, मेलै शिखरका भुँइहरु छुहीरहे, किनकी मलाई तल जमिनका थुप्रै ठाँउहरु छुन नपाएका गहिरा प्यासहरु मेट्नु थियो ।

 

म माथीको आकाशमा मैले बेप्रवाह मेरा दुबै हातहरु हल्लाइरहे । शालिनता पुर्बक लच्किरहेका मेरा हातहरुलाइ कसैले रोकेन । सगरमाथाको टूप्पोमा रँहदा मलाई सबै खालका उत्पिदनबाट मुक्त भएजस्तो भान भइरहेको थियो । मलाइ थाहा थियो शिखरमा अनुभव गरेको निरपक्ष मुक्ति तल झरेपछि सापेक्षिक हुनेछ । किनकी तल फर्केपछी म मेरो समुदायलाई उत्पिडनबाट मुक्ति दिलाउन अझै मैले विद्रोहका थुप्रै कठिन पहाडहरु चढ्नुपर्नेछ । जब म फर्किदा तल झर्न लागे,अचानक एउटा प्रश्नले मलाई नराम्ररी ढक्का दिइरह्योे ।

 

मेरा देशका मन्दिरहरुको गजुरलाई कहिले देखि यसरी नै सुम्सुम्याउन सक्छुहोला, जसरी सगरमाथाको शिरलाइ सुम्सुमाएको थिए ? झण्डै १५० किलोमिटर प्रति घण्टाको वेगमा बहेको हावाको झोक्कालाई समेत फिक्का बनाउने गरी मलाइ उक्त प्रश्नले हल्लाइरह्यो । माथि चढ्दा गहीरा गहीरा गल्छीहरुमा हामी भ¥याङ हालेर पार गर्दथ्यौँ । भ¥याङ सँगै हामी रसीहरुको पनि प्रयोग गर्दथ्यौँ ।

 

माथी उक्लिँदै गर्दा रसीका गाँठोहरु फुक्दै जाँदा मलाइ यस्तो पनि लागेको थियो, यता रसिका गाँठोहरु फुक्दै जाँदा उता पशुपतिको भट्टहरुको जनैमा गाँठो पर्दै पो छकी । खैर मैलै कलाइम्विङ रोपका गाँठाहरु फुकाइरहँदा, गाँठाहरु अरु कतै अन्त ठाँउमा पनि पर्लान । तर मैलै फुकाएरै छाँडे जुन मेरो पुर्खाहरुको लागी सयौँ बर्ष देखि जटिल बनेर बसेको थियो ।

दलित समुदायबाट बिश्वकेा सर्वेाच्च शिखरमा पाइला टेकी किर्तिमान कायम गर्ने पहिलेा ब्यक्ति हुन सेालुखुम्बु दुघकुन्ड नगरपालिका वडा नं ७का बिजय घिमिरे ,उनले २०७४ जेठ ८ गते अर्थात सन २०१७ मे २२ तारिखका दिन नेपाली समयअनुसार बिहान बजे ५ बजेर५ मिनेटमा शिखरकेा सफल आरोहण गरेका हुन । आरोहण पश्चातको उहाँको विचार यहाँ प्रस्तुत गरिएकेा छ ।

 

म किन सगरमाथा चढेँ ?
म पुग्न चाहान्थे त्यस्तो ठाँउ, जहाँ जातका घेराहरु नहुन जसले मलाइ रेखा नै लगाएर थुप्रै दैलाहरु बाहिरै राखेको छ । म हेर्न चाहान्थे त्यस्तो ठाँउ, जहाँ रँगहरुको कुनै तुलना नहोस । किनकी मैले म आफ्नै जिबनमा पढेको छु जातहरुले लेखेको नमिठो कथा र देखेको छु मानिसका रँगहरुले रँगाएका डरलाग्दा क्यानभासहरु ।

 

मेरो बाबाको जात र कालो रँग देख्न वित्तिकै राजमार्गमा चल्ने बसको खलासिँ पनि हेप्न शुरु गर्छ र मेरो बाबा अमिलो भएर टुलु टुलु हेर्न बाध्य हुनेगर्दछन । ती कथाहरुमा मेरो बाबा र काकाहरु निरीह पात्रबनेर कथा लम्बाइरहेछन किनकी उनीहरु कथित दलित हुन र काला छन । म चाहान्न रँगहरुले यी नमिठा कथा लम्बाइ राखोस । म चाहान्न धर्महरुले मेरो समाजको कथाहरु लम्बाइ राखोस र मेरी वहिनी अर्की मलला बनुन । म हेर्न चाहान्थे धर्मले नछोएको ठाँउ । म हेर्न चाहान्थे जातले नछोएको ठाँउ । म त्यो पबित्र ठाँउमा पुग्नको लागी ब्याकुल भइसकेको थिँए । मलाइ थाहा थिएन त्यो ठाँउ कहाँ छ । तर प्रश्नहरुको मृत्यु नहुँदोरहेछ ।

 

माङगेनामा युग पाठकले भने जस्तै प्रश्नले जवाफ खोज्छ र जवाफको खोजी कठिन हुन्छ । मेरो भोगाइ र मेरो पुर्खाहरुको कथाले मलाइ प्रश्नहरुको जवाफ खोज्न सजिलो बनाइदियो । चुलो छोएको निहुँमा, कुटाइ खाएर मृत्युवरण गरेका कालिकोटका मानविरे सुनारहरुले मलाइ जवाफ खोज्न सजिलो बनाइदिए । मेरो बाबा र काकाको जात कथित दलित भन्ने थाहा पाउने वित्तिकै मेरै उमेरका साथीहरुले उहाँहरुको नाममा एकार जोडेर बिगारिदिएको बिग्रेको नामले नै मलाइ जवाफ खोज्न सजिलो बनाइदिए । कथित उच्च जातको पर्खाल देखाएर मेरी आमाको प्रेमीले उनलाइ उनको पवित्र प्रेमको बेस क्याम्पमै छाडेर गएको कारुणिक कथा म कसरी विर्सन सक्छु ।

 

जीबनको एक समय जतिबेला प्रेम सबैभन्दा शक्तिशाली हुन्छ, त्यति नै बेला आफ्नो सशक्त उर्जा क्षिण हुदाँ मेरी आमा कति कमजोर बनेकी थिइनहोला रु मलाइ मेरी आमाको गुमेको शक्तिको महशुस गर्नुथियो । त्यसैले मइले सगरमाथा चढेँ । पवित्र प्रेमको शक्तिशाली बहावलाइ पनि छेक्ने विभेदको त्यो क्रुर पर्खालको पछाडी के छ होला रु विभेदका थुप्रै पर्खालहरु पछाडी के हुन्छन होला भन्ने जिज्ञासाले नै मलाइ विश्वकै विशाल र अग्लो पहाड चढ्ने मोह जाग्यो । त्यो शालिन र कठोर पहाड चढ्न मलाइ मैरै समाजको विभेदको क्रुर पहाडहरुले नै प्रेरणा दिएको थियो । म पहाड नाघेर मेरी आमालाइ छाडेर गएको उनको प्रेमी पुगेको समथर मैदान हेर्न चाहान्थे, जहाँ जात कै कारण एक प्रेमिका पुग्न ब्रजित भइन ।

 

काभ्रेका अजित मिजारलाई पुरिएको खाडलको गहिराइ नाप्नको लागी नै मैले सगरमाथाको गहिरा खोँचहरु नाप्ने प्रयत्न गरेको हुँ । लक्ष्मि परियारलाइ भलिबल मैदानको पोलमा बाँध्ने रसिको लम्बाइ नाप्न नै मइले सगरमाथा चढेको हुँ । मलाइ बषौँ सम्म मेरो छिमेकीको घरभित्र छिर्न अनुमति नभएको सँघार नाघेर मेरो साथीले आगो ताप्ने अगेना हेर्ने मन थियो, तर उसको घरको दैलोको सँघार मेरो लागी सगरमाथा जस्तै अग्लो छ । त्यसैले मलाइ सगरमाथा चढ्न मन लाग्यो किनकी मलाइ, मरो साथीले आगो ताप्ने अँगेना हेर्नु थियो ।

 

 




तपाईको प्रतिक्रिया दिनुहोस