Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसंविधान कार्यान्वयन गर्न अझै ५४ वटा नयाँ ऐन बन्नुपर्ने आवश्यक

संविधान कार्यान्वयन गर्न अझै ५४ वटा नयाँ ऐन बन्नुपर्ने आवश्यक


संविधान कार्यान्वयन गर्न अझै ५४ वटा नयाँ ऐन आवश्यक पर्ने देखिएको छ । संविधानअनुसार ११० संघीय कानुन, २२ प्रदेश कानुन र ६ वटा स्थानीय कानुन बन्नुपर्ने कानुन मन्त्रालयको अध्ययनले देखाएको छ । संविधान जारीपछि रूपान्तरित व्यवस्थापिका संसद्ले ८४ वटा ऐन निर्माण गरिसकेकाले अब संघीय संसद्ले कम्तीमा पनि २६ वटा कानुन बनाउनुपर्ने मन्त्रालय स्रोतले जनाएको छ ।

 

प्रदेशमा २२ र स्थानीय तहमा ६ कानुन आवश्यक
प्रदेश प्रमुख नियुक्त नभएकाले निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको मतपरिणाम बुझाउन पाएको छैन । प्रदेश सभा सञ्चालन हुन बाँकी छ । प्रदेश सभाको अधिवेशन आह्वानपछि उसले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्न बनाउनुपर्ने २२ वटा कानुन निर्माणमा ढिलाइ हुने देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको अध्ययनअनुसार संविधान कार्यान्वयन गर्न कम्तीमा १३८ कानुन बनाउनुपर्छ । यसअघिको संसद्ले ८४ वटा कानुन बनाइसकेको छ ।

 

प्रदेश सभा सञ्चालनपछि बन्ने प्रदेश ऐनबमोजिम स्थानीय तहले कानुन बनाउनुपर्छ । कानुन मन्त्रालयको अध्ययनअनुसार स्थानीय तहले ६ वटा विषयमा कानुन बनाउनुपर्नेछ । प्रदेश सभा बस्न नसकेकाले निर्वाचन भएको आठ महिना पुगिसक्दासमेत स्थानीय तहले आफूलाई आवश्यक पर्ने कानुन बनाउन नसकेको हो ।नँया पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस