Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारस्थानीय प्रशासनको सहयोगमा हिमाल पारिको जिल्ला मनाङमा आगो ताप्ने व्यवस्था

स्थानीय प्रशासनको सहयोगमा हिमाल पारिको जिल्ला मनाङमा आगो ताप्ने व्यवस्था


हिमाल पारिको जिल्ला मनाङमा अत्यधिक चिसोका कारण जनजीवन थप कष्टकर बन्दै गएपछि स्थानीय प्रशासनको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

 

देशभरी नै चिसो बढिरहेका बेला मनाङमा माइनस १६ डिग्री तापक्रम पुगेर जनजीवन कष्टकर बनेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार जिल्लाको प्रतिकूल तापक्रमलाई मध्यनजर गरी चामे गाउँपालिका भवन अघिकोे खुला स्थान, नेस्याङ–४ हुम्दे बजार, नेस्याङ–६ मनाङ बजार, नाशोङ गाउँपालिका भवन अघि, चामे–३ कोतो बजार र ताल बजारलगायत स्थानमा अपराह्न ४ बजेदेखि आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

जाडो बढेसँगै मनाङको कूल छ हजार ५२७ जनसंख्यामध्ये हालसम्म करिब चार हजार व्यक्ति जाडो छल्न बाहिरी जिल्ला गएका छन् । अत्यधिक चिसोका कारण सरकारी तथा निजी विद्यालय बन्द गरिएको छ । रासस




तपाईको प्रतिक्रिया दिनुहोस