Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारशीतलहरबाट प्रभावित २२ जिल्लामा सवा २ करोड राहत

शीतलहरबाट प्रभावित २२ जिल्लामा सवा २ करोड राहत


गृह मन्त्रालयले शीतलहरबाट प्रभावित तराईका २२ जिल्लाका लागि दुई करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतिजिल्ला १०–१० लाखका दरले दाउरा र कम्बल किनेर वितरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिलाई रकम विनियोजन गरिएको हो । शीतलहरबाट सबैभन्दा धेरै बाढीपीडित, अस्थायी आवासमा बसेका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।

झापा, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, सिराह, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका शीतलहर प्रभावित सर्वसाधारणलाई राहत वितरण गरिने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले बताए । शीतलहर प्रभावित सर्वसाधारणका लागि आवश्यक दाउरा टिम्बर कर्पोरेसन अफ नेपाल र जिल्ला वन कार्यालयले उपलब्ध गराई वितरण गरिने भएको छ ।

एक साता अझै चिसो नघट्ने
सुक्खा वायुका कारण अझै एक साता चिसो नघट्ने भएको छ । गत शनिबारदेखि बढेको चिसोका कारण उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ । एक सातासम्म चिसो नघटे पनि बढ्ने सम्भावना भने एकदमै कम रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस