Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसिंगो गाउँ नै अपाङ्गता भएको गाउँले परिचित

सिंगो गाउँ नै अपाङ्गता भएको गाउँले परिचित


गोकर्णप्रसाद भण्डारी/ दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ८ बाबियोडाँडामा रहेको तामाङ बस्तीको सिङ्गै गाउँ अपाङ्गता भएको गाउँका रूपमा परिचित छ ।

केही समय अगाडि जस्ताको टहरोमा, १७ वर्षीय शीतल तामाङ र १४ वर्षीय सुमन तामाङ एकोहोरो टोलाएर बसिरहेका थिए तर अपाङ्ग शीतलको उपचारका लागि खर्च जुटाउन आमाबुबाको हैसियत नहँुदा हालै उनको मृत्यु भएको छ भने त्यस्तै अवस्थाका अर्का भाइ सुमन पनि काल पर्खेर बसकोे उनका अभिभावक बताउँछन् ।

गरिब परिवारमा जन्मेका उनीहरुको न मनमा खुशी छ, न बाहिरको चहलपहलसँग चासो नै छ । उनीहरुजस्तै अधिकांश गाउँका अभिभावकको दैनिकी पनि आपाङ्गता भएका बालबालिकाको मृत्यु कुर्दै हेरचाह गरिरहेको सुमनका बुबा धनबहादुर तामाङ बताउँछन् । उनी भन्छन्, “कसलाई आफूले जन्माइ हुर्काइ गरेका छोराछोरी मरोस् भन्ने चाहना हुन्छ र तर यहाँका सबैजसो बालबालिका शारीरिक रुपमा अशक्त छन् । दुवै खुट्टा नचल्दा उनीहरु घस्रिएर हिँड्नसमेत सक्दैनन् । अचम्म त के छ भने २२ घर भएको यहाँको तामाङ बस्तीमा अपाङ्गता भएका ११ बालबालिकासहित दुई वृद्धा पनि छन् । ”

सानो कोठामा मोबाइलमा गीत सुनेर वा दाजुभाइ आपसमा गफिएर दिन बिताउने गरेका शीतल र सुमनलाई बाहिरभित्र गर्नुपरे वा शौचालय लानुपरे अभिभावकको सहयोग आवश्यक पथ्र्याे तर अहिले दाइ शीतलको मृत्यु भयो । शीतल र सुमन जन्मँदै अपाङ्गता भएका भने हैनन् । सामान्य अवस्थामै जन्मिएका उनीहरु तीन चार वर्षको भएपछि खुट्टा सुक्दै जाने र हिँड्न नसक्ने समस्याबाट पीडित भए । कक्षा १ सम्म पढेका शीतल खुट्टामा समस्या भएर हिँडडुल गर्न नसक्ने भएपछि पढाइ छोड्न बाध्य भए तर सुमनले भने पढ्ने अवसर नै पाएनन् ।
हिँडडुल गर्न नसकेका कारण बाबुआमालाई समेत समस्या भएको देख्दा आफूलाई साह्रै पीडा हुने गरेको बताउने सुमन उपचार गरी अरु जस्तै सामान्य बन्न सके जिन्दगीका थुप्रै सपना पुरा गर्ने चहना रहेको बताउँछन् तर अब उपचारपछि पनि ठीक होला भन्ने आशा पनि मरिसकेको उनी निराशा व्यक्त गर्छन् ।

शीतल र सुमनका खुट्टामा समस्या देखिएपछि गाउँको स्वास्थ्य केन्द्रदेखी सदरमुकाम चरिकोटको अस्पतालमा उपचारका लागि लैजाँदा लैजादै भएको पैसा सकिएकाले थप उपचारका लागि भने काठमाडौँ लैजान नसक्दा बाँकी एउटा छोराको पनि मृत्यु कुर्नुको विकल्प नभएको गुनसो बुबा धनबहादुर तामाङको छ । तीन वर्षसम्म सामान्य अवस्थामा रहेको उनीहरुमा पछि रोग बल्झिएकाले शुरु शुरुमा घस्रिएर हिँड्ने दाजुभाइ अहिले बसेको ठाउँबाट कतै चल्न नसक्ने अवस्थामा पुगेको उनी बताउँछन् ।

प्रमिला तामाङको दुई वर्षीय छोरा पेमदोर्जे , दधीमाई तामाङको चार वर्षीय छोरी सुनपती र देवीका तामाङको सात वर्षीय छोरी फूलमायाको पनि उस्तै समस्या छ । उनीहरु पनि न हिँड्न सक्छन् न सुतेको ठाउँबाट घस्रिन नै । अपाङ्ग फूलमाया त दृष्टिविहीनसमेत छिन् ।

त्यसैगरी खारे बाबियोडाँडास्थित तामाङ गाउँका तक्तबहादुर तामाङका नौ वर्षीय छोरा सुकमान र साङ्ले तामाङका १५ वर्षीय छोरा अमृत तामाङ कान सुन्दैनन् । उनीहरु पढ्न भने जाने गरेका छन् ।

अपाङ्गता भएकी सुनपतीकी आमा दधिमाई छोरीले पढ्न रहर गरे पनि हिँडडुल गर्न नसक्ने र विद्यालयसम्म पु¥याउने सम्भावना नभएकाले पढाउन नसकेको बताउँछिन् । छोरीको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीसम्म पु¥याए पनि ठूलो अस्पताल लैजान भने आर्थिक अभावले सकिएन भन्छिन् उनी ।

अपाङ्ग पेमदोर्जेकी आमा प्रमिला पनि चिकित्सकले राम्रो ठाउँमा लगेर उपचार गराए ठिक हुने सल्लाह दिएपनि पैसाकै कारण आफूले अन्यत्र लैजान नसकेको गुनासो गर्छिन् । गाउँमा धेरै बालबालिका अपाङ्गतायुक्त छन् । प्रमिला भन्छिन्, “राम्रोसँग उपचार गर्न नसकेकीले मेरो छोरा पनि उस्तै हुने भयो । ”

तामाङ गाउँमा धेरै बालबालिकामा अपाङ्गताको समस्या रहेकाले त्यसको कारण खोजी गर्नुपर्ने र त्यस्ता बालबालिकालाई सरकारले सहयोग गर्नुपर्ने स्थानीय समाजसेवी देवराम बुढाथोकी बताउँछन् । गौरीशंकर गाउँपालिका–८ खारेका वडाध्यक्ष उदय खड्का उक्त गाउँमा देखिएको समस्या समाधानका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने र अपाङ्गताको समस्याबारे खोजी हुनुपर्नेमा जोड दिन्छन् । आफूले विभिन्न निकायसँग समन्वय गरेर अपाङ्गता भएका बालबालिकाको सहयोग र समस्याको पहिचान गर्न प्रयत्न गर्नेमा उनी जोड दिन्छन् ।

तामाङ गाउँमा सात अपाङ्गता भएका बालबालिका रहे पनि दुईजनाको मात्र अपाङ्गताको परिचयपत्र छ । वडाध्यक्ष खड्का सबै बालबालिकालाई अपाङ्गताको परिचयपत्र दिलाउन र राज्यले प्रदान गर्ने सेवा सुविधा सहज ढंगले पाउने अवस्था बनाउन आफूले प्रत्यन गर्ने बताउँछन् ।
अशिक्षा र गरिबीका कारण यहाँका मानिस राज्यले प्रदान गर्ने सुविधाका बारेमा पनि जानकार छैनन् । आफ्ना छोराछोरी बिरामी परे अस्पताल हैन यहाँका सबै बासिन्दा स्थानीय झाँक्रीको भरमा उपचार गराउने र त्यसैबाट मा निको हुने विश्वास गर्छन् । स्थानीयवासी तक्तबहादुर तामाङ भन्छन्, हामी सकेसम्म गाउँमा नै झाँक्री लगाएर बिरामी निको पार्ने गर्छांै, हामी सबैजसो झाँक्री छौँ, हामीलाई अस्पताल जानुपर्छ भन्ने नै लाग्दैन । वडाध्यक्ष खड्काका अनुसार यहाँका मानिस बिरामी हुँदा धामी झाँक्रीमै निर्भर गरेर बैलैमा अस्पताल नलैजाँदा पनि गाउँ नै अपाङ्गतायुक्त भएको हुन सक्ने अनुमान गर्छन् ।

यो गाउँका सबैजसो बालबालिका अपाङ्गता हुनुमा छिमेकी गाउँका बासिन्दामा भने आफ्नैखालको विश्लेषण छ । स्थानीय बुद्धिजीवी शेषध्वज कार्की भन्छन्, यो पूरै गाउँका बालबालिकामा अपाङ्गता हुनुमा शिक्षाको कमी, खानेपानीको समस्या, धामीझाँक्रीमा मात्र विश्वास, तामाङ परम्पराअनुसार हाडनाता (फूपूचेला र मामाचेला)मा विवाह, सरसफाइमा ध्यान नदिनुजस्ता थुप्रै कारण हुनसक्छ ।
“अपाङ्गता हुनुमा वंशाणुगतलगायत अन्य थुप्रै कारण हुनसक्छ तर यहाँका बालबालिका अपाङ्ग भएका कारणबारे न अर्बांै रकम बालबालिकाको क्षेत्रमा सक्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई थाहा छ नत कुनै सरकारी र गैरसरकारी संस्थालाई नै”, भन्नुहुन्छ जिल्ला जनस्वास्थ्य कार्यालयका चिकित्सक राजेन्द्रप्रसाद शाह ।




तपाईको प्रतिक्रिया दिनुहोस