Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआर्सनल तेस्रो चरणको प्रतियोगिताबाट बाहिरियो

आर्सनल तेस्रो चरणको प्रतियोगिताबाट बाहिरियो


इंग्लिस प्रिमियर लिगमा शीर्ष चारमा पर्न संघर्षरत आर्सनल एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणबाटै बाहिरिएको छ । अधिकांश समय बल पोसेसन आफ्नो पक्षमा पारे पनि गोल गर्न असफल हुँदा आर्सनल अप्रत्याशित रूपमा दोस्रो डिभिजनको क्लब नटिङघम फरेस्टसँग ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

 

आर्सनलविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नटिङघमले २०औँ मिनेटमा लिचाजको गोलमार्फत खेलमा अग्रता लियो तर आर्सनलका मेर्टसकरले ३ मिनेट नबित्दै खेल बराबरीमा ल्याए । ४४औँ मिनेटमा पुनः लिचाजले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए ।

 

२२ वर्षपछि तेस्रो चरणबाट बाहिरियो आर्सनल

एफए कपको सर्वाधिक उपाधि जितेको आर्सनल सन् १९९६ को जनवरीपछि पहिलोपटक एफए कपको तेस्रो चरणबाट बाहिरिएको हो । २२ वर्षअघि सेफिल्ड युनाइटेडसँग पराजित भएपछि आर्सनल तेस्रो चरणबाट बाहिरिएको थियो । एफए कपमा आर्सनलले सर्वाधिक १३ पटक उपाधि जितिसकेको छ ।

त्यसपछि पनि आर्सनलविरुद्ध गोल गर्नेक्रम रोकिएन ।
ब्रेरेटनले ६४औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरे । आर्सनलका लागि ७९औँ मिनेटमा ड्यानी वेलबेकले गोल गर्दै खेलमा फर्कने कोसिस गरे । तर, आर्सनलको सपनालाई पुनः अर्को पेनल्टीले पूरा हुन दिएन । डोवेलले ८५औँ मिनेटमा पेनाल्टीमा चौथो गोल गरेपछि आर्सनल ४–२ ले स्तब्ध भयो । नटिङघमका वोरल खेलको अन्ततिर दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । तर, आर्सनलले अन्तिम समयमा १० खेलाडीमा सीमित नटिङघमविरुद्ध कुनै चामत्कारिक कमब्याक गर्न सकेन । नयाँ पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस