Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयी हुन संसारको सबभन्दा महंगो मुद्रा

यी हुन संसारको सबभन्दा महंगो मुद्रा


संसारको सबभन्दा महंगो मुद्रा कुवेती दिनार हो । यसको मूल्यको कुरा गर्दा एक कुवेती दिनारको ३३७ रुपैयाँ पर्छ ।

दोस्रो नम्बरमा बहराइनी दिनार पर्छ । एक बहराइनी दिनारको मूल्य २७० रुपैयाँ पर्छ ।

तेस्रो नम्बरमा ओमानी रियाल पर्छ । एक ओमानी रियालको २६३ रुपैयाँ पर्छ ।  तर यी सबै मुद्राभन्दा धेरै महंगो मुद्राको त कुरा गर्नै बाँकी छ ।

खासमा सबभन्दा महंगो करेन्सी बिटक्वाइन हो । यो कुनै देशको मुद्रा हैन, डिजिटल करेन्सी हो । यसको मूल्य अत्यन्तै महंगो छ । एक बिटक्वाइन किन्नका लागि एक लाख रुपैयाँभन्दा बढी पर्छ । यसलाई किन्न अर्बपतिहरूबीच होडबाजी छ ।

यो मुद्रा कुनै कानूनको दायरामा छैन । यसको प्रयोग बैंकरहित विनिमय, फन्ड ट्रान्स्फर, अनलाइन शपिङ, इन्टरनेट ट्रान्ज्याक्सन र गैरकानूनी ट्रान्ज्याक्सनका लागि हुन्छ ।

बिटक्वाइन कमाउने तरिका पनि अचम्मको छ । एउटा पजललाई अनलाइन समाधान गरेपछि बिटक्वाइन पाइन्छ तर कसैले चाहेमा पैसा तिरेर पनि यो डिजिटल करेन्सी किन्न सक्छ ।

एजेन्सी




तपाईको प्रतिक्रिया दिनुहोस