आइजीपी बन्न नसकेका र डीआइजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका नवराज सिलवालाई गृहमन्त्री बनाउने केपी ओलीको दावी त थियो नै ललितपुरबाट ओलीले टिकट दिएपछि चुनावसमेत जितेका नवराज सिलवाल एकाएक मलेसियामा अन्डरग्राउण्ड भएका छन् ।
किन ? यता प्रहरीले अदालतमा पेश गरेका डकुमेन्टका सम्बन्धमा जाँच गर्दैछ भने उता पूर्जी काटियो भनेपछि रातारात नवराज सिलवाल मलेसिया हिडेका हुन् ।
एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्दैछन् । सुशासन र समुन्नति आफ्नो एजेण्डा भएको पटक पटक बताइरहेका छन् ।
नवराज सिलवालले अदालतमा पेश गरेको गृह, हेडक्वार्टर र लोसे आयोगलाई मात्र थाहा हुने गोप्य रिपोर्ट कसरी प्राप्त गरे, त्यो रिपोर्टमा कीर्ते गरेर कसरी फरक पारे ?
डकुमेन्ट नवराज सिलवाललाई दिने अधिकारी को हो ? सरकारी डकुमेन्ट नै यसरी कीर्ते गरिन्छ भने यसमा दोषीमाथि कारवाही हुनुपर्ने कि नपर्ने ?
ओली यसकारण ट्य्रापमा परेका छन् कि सुशासन दिने कबुलविपरित नवराज सिलवालको बीचबचाउमा उनी उभिन्छन् कि आफ्नो कबुलमा ? यसकारण सिलवालका कारण ओली नैतिक संकटमा फसेका छन् ।