सेन्ट्रल फाईनान्सले २६ करोड तीन लाख ३१ हजार चार सय रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।
फाईनान्सले चुुक्ता पुंजी बृद्धिको लागि यही पुुस २३ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २६ लाख तीन हजार तीन सय १४ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री प्रर्वन्धक एनआईबिएल क्यापिटल लिमिटेड रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री कार्य माघ २८ गतेसम्म जारी रहने छ ।
अघिकृत पुंजी एक अर्ब चार करोड तथा जारी पुंजी ७८ करोड नौ लाख ९४ हजार दुुई सय २२ रुपैयाँ रहेको फाईनान्सको हाल चुक्ता पुंजी ५२ करोड छ लाख ६२ हजार आठ सय १५ रुपैयाँ रहेको छ ।
हकप्रद सेयरको बिक्री पश्चात फाईनान्सको चुक्ता पुंजी ७८ करोड नौ लाख रुपैयाँ नै पुुग्ने छ । फाईनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा २१ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।