Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेप्सेको उत्साह कायम, मध्यान्हसम्म १४ दसमलव २२ अंकले बृद्धि

नेप्सेको उत्साह कायम, मध्यान्हसम्म १४ दसमलव २२ अंकले बृद्धि


नेप्सेमा पनि उत्साह छाएको छ ।  सोमबार मध्यान्ह १२ बजेसम्म नेप्से १४ दसमलव २२ अंकले बढेको छ भने सेन्सिटिभ तीन दसमलव ५३ अंकले बढेको छ ।

यसबिचमा ९५ वटा कम्पनीहरुको आठ सय ११ वटा कारोवारमा एक लाख आठ हजार आठ सय ४४ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम सात करोड ८३ लाख ६१ हजार चार सय ४५ रुपैयाँ पुुगेको छ  ।

मध्यान्हसम्म बाँणिज्य बैंक, बिकास बैंक, बीमा सहित नौ वटा समुहको कारोवार भएकोमा सबै सुचक बढेपछि नेप्से पुरै हरियो देखिएको छ ।

यसबिचमा मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९४ पैसाले बढेर तीन सय ७६ रुपैयाँमा सेयर कारोवार भएको छ भने अपी पावर कम्पनीको सेयर मुल्य दुुई रुपैयाँ ७९ पैसाले घटेर चार सय १८ रुपैयाँमा सेयर कारोवार भएको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भने यसबिचमा १८ सय ५५ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ४३ लाख ८७ हजार तीन सय २६ रुपैयाँको सेयर कारोवार भएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस