Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयुएईमा मृत्यु हुने नेपालीहरुको संख्या विगतका बर्षहरुको तुलनामा सन् २०१७ मा बढ्दो

युएईमा मृत्यु हुने नेपालीहरुको संख्या विगतका बर्षहरुको तुलनामा सन् २०१७ मा बढ्दो


सन् २०१७ मा युएईमा मृत्यु हुने नेपालीहरुको संख्या ८४ जना रहेको नेपाली राजदूतावास युएईले जनाएको छ । जस मध्ये आत्महत्या गर्नेको संख्या बढी रहेको छ ।

 

सन् २०१७ मा युएईमा २६ जना नेपालीले अत्महत्या गरेका छन् । युएईको वातावरण, अत्यधिक गर्मी, कामको चाप, पारिवारिक चिन्ता, मानसिक दवाव, अनावश्यक तनाव आदीका कारण आत्महत्या गर्ने गरेको पाइएको छ ।

 

त्यसैगरी प्राकृतिक मृत्यु हुनेहरु मध्ये हृदयघातका कारण २४, विभिन्न रोगका कारण ९, मादक पदार्थ सेवनका कारण १ र अन्य कारणले २ जना नेपालीको मृत्यु भएको दूतावासको तथ्यांकमा उल्लेख छ ।

 

विभिन्न दुर्घटना अन्तर्गत काम गर्ने सिलसिलामा ९ जना, आगलागी र पानीमा डुबेर २ जना, दुर्घटनाका कारण २ जना र अन्य कारणले ७ जनाको मृत्यु भएको छ भने २ जनाको हत्या भएको छ । तथ्यांक अनुसार मृत्यु हुने ८४ जना मध्ये ८ जना महिला रहेका छन् भने बाँकी ७६ जना पुरुष रहेका छन् ।

 

नेपाली राजदूतावास युएईका द्वितिय सचिव कृष्ण अर्यालका अनुसार विगतका बर्षहरुको तुलनामा सन् २०१७ मा युएईमा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दो रहेको छ । सन् २०१६ मा नेपालीहरुको मृत्यु संख्या ६६ रहेको थियो भने सन् २०१५ मा ६४ जना रहेको थियो । नँया पत्रिका




तपाईको प्रतिक्रिया दिनुहोस