Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमंगलबार देशभरिका निजी विद्यालय बन्द हुने

मंगलबार देशभरिका निजी विद्यालय बन्द हुने


आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले जानकारी दिएको छ ।  ।प्याव्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।

 

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए । प्याब्सनले पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै  यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।

 

डा. बाबुराम पोखरेल मुटु रोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहेका थिए ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् बनेका थिए ।रासस




तपाईको प्रतिक्रिया दिनुहोस